‘दोहोरी आइकन्स’ को डिजिटल अडिसन सम्पन्न « Khabarhub

‘दोहोरी आइकन्स’ को डिजिटल अडिसन सम्पन्न


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही साताअघि घोषणा गरिएको टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’ को डिजिटल अडिसन सम्पन्न भएको छ । 

डिजिटल अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई ३० साउन  मंगलबारदेखि फिजिकल अडिसन गरिने भएको छ  ।  फिजिकल अडिसन एजे इन्टरटेनमेन्टसको स्टुडियो पहेँलो पुल काठमाडौँमा हुने अध्यक्ष अजय पोखरेलले बताएका छन् ।

मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’ मा कोमल वली, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा र रमेश बिजी निर्णायकको भूमिकामा हुनेछन् । होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् । 

प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । ‘दोहोरी आइकन्स’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका थिए । केही महिनापछि प्रसारण सुरु हुने यो कार्यक्रम योहो टेलिभिजनबाट प्रसारण हुनेछ । 

यस कार्यक्रमको पोस्ट र डिजिटल प्रोमोसनको जिम्मा सूत्र मिडियाले लिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  २ : ४२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली