मोरङ र मकवानपुरबाट लागूऔषधसहित ५ जना पक्राउ « Khabarhub

मोरङ र मकवानपुरबाट लागूऔषधसहित ५ जना पक्राउ


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ र मकवानपुरबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय सविन बिक समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे र सोही उपमहानगरपालिका-१ लोकप्रिय मोडबाट अवैध लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बिआर ०५ एच ५११६ नम्बरको बोलेरो गाडीका चालक भारत घर भएका २१ वर्षीय सत्यम कुमार समेत दुईजनालाई अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित रातोमाटेबाट र हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाणी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई उनकै घरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६० ग्राम बरामद गरी लोकप्रिय मोडबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  २ : ४८ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि