सोमबार सेयर बजारमा सामान्य गिरावट « Khabarhub

सोमबार सेयर बजारमा सामान्य गिरावट


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार सोमबार तुलनात्मक रुपमा सुस्त देखिएको छ । नेप्से सूचक सामान्य रहँदा कारोबार रकम पनि औसतमा मात्र रहेको छ । यस दिन नेप्से सूचक ३.६१ विन्दुले घटेर २०७७.२४ अंकमा अडिएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । 

यसअघि ३ दिन लगातार बजार बढेको थियो । तर सोमबार भने बजार सुस्त देखियो । बजार प्रत्येक दिन एउटै गति र प्रवृत्तिमा चल्दैन । घट्ने वा बढ्ने सेयर बजारको सामान्य नियम हो । सूचकका साथमा कारोबार रकम पनि प्रत्येक दिन तलमाथि भइरहन्छ ।

यस दिन २७९ कम्पनीको ५४ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ११ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र घोराही सिमेन्ट कम्पनी परेका छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ०० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ