नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डसँग खेल्ने « Khabarhub

नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डसँग खेल्ने


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले थाइल्याण्डसँग टी-२० खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको तयारी स्वरुप नेपालले अगस्ट २८ मा थाइल्याण्डसँग खेल्ने जनाएको छ । 

नेपाल र थाइल्याण्डबीचको खेल मलेसियाको रोएल रेलांगरटर्फ क्लबमा हुनेछ । एसोसिएट राष्ट्रहरुमध्ये बलियो टिमको रुपमा रहेको थाइल्याण्ड विरुद्धको खेलले नेपाली टोलीलाई एसिया क्वालिफायरमा सहयोग पुग्ने क्यानको विश्वास छ ।

हाल नेपाली महिला क्रिकेट टोली एसिया क्वालिफायर र टी-२० सिरिजका लागि तयारी गरिरहेको छ । महिला टी-२० विश्वकप एसिया छनोट अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै आयोजना हुँदैछ ।

नेपालले थाइल्याण्डसँग खेल्नुअघि मलेसियामा चार राष्ट्र सम्मिलित टी-२० सिरिज पनि खेल्नेछ । अगष्ट २२ देखि २६ सम्म बायुमास ओभलमा हुने सिरिजमा नेपाल र मलेसियासहित हङकङ र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । चारै टिम टी-२० विश्वकप एसिया क्वालिफायर खेल्दैछन् ।

एसिया क्वालिफायरमा समूह ए मा रहेको नेपालले मलेसियासँग अगष्ट ३१ मा पहिलो खेल खेल्नेछ । नेपाल रहेको समूहमा मलेसियासहित युएई, कतार, भुटान र बहराइन पनि छन् । समूह बी मा थाइल्याण्ड, हङकङ, चीन, कुवेत र म्यानमार छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोली टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

एसिया छनोटका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ३६ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले