बेलायती राजा चाल्र्सको मार्चमा स्थगित भ्रमण सेप्टेम्बरमा हुने « Khabarhub

बेलायती राजा चाल्र्सको मार्चमा स्थगित भ्रमण सेप्टेम्बरमा हुने


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण पूर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ ।

पेन्सन सुधारको विरोधमा फ्रान्समा भएको जनप्रदर्शन चर्केपछि फ्रान्स र बेलायतबीचको सम्बन्धमा आएको सुधारलाई उजागर गर्ने उद्देश्यले तय गरिएको यो यात्रा मार्चमा अन्तिम समयमा स्थगित गरिएको थियो ।

क्षेत्रीय दैनिक सुद–ओएस्टले बेलायतका राजा चाल्र्सको भ्रमण अब सेप्टेम्बरमा हुनेछ । राजा चाल्र्स र रानी कन्सोर्ट क्यामिलाले पूर्व योजना अनुसार दक्षिण–पश्चिम पेरिस र बोर्डोको भ्रमण गर्नेछन् ।

उनीहरू सम्भवतः सेप्टेम्बर २० देखि २२ सम्म आफ्नो राजकीय भ्रमणमा फ्रान्स आउनुहुने उक्त पत्रिकाले जनाएको छ । एएफपीले राष्ट्रपति इमानुएल म्याक्रोँको कार्यालयलाई सम्पर्क गर्दा उक्त रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

गत मार्चमा म्याक्रोँले विवादास्पद कार्यकारी शक्तिको प्रयोग गरी संसदबाट पेन्सन सुधार योजना पारित गराएपछि अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्‍याइएको थियो । फ्रान्समा यो कानुनलाई लिएर चर्को विवाद भएको थियो ।

मार्चमा विरोध प्रदर्शनहरू हिंस्रक भएपछि र हप्तौं लामो हडतालले फ्रान्सेली जन जीवनलाई अस्तव्यस्त बनाएपछि माक्रोँको अनुरोधमा राजा चाल्र्सले भ्रमण रद्द गर्ने निर्णय गरेका थिए ।

एलिसी प्यालेसले भनेको छ, ‘राष्ट्रपतिले महामहिम राजा चाल्र्स तृतीयलाई हाम्रो मैत्रीपूर्ण सम्बन्ध झल्कने परिस्थितिमा स्वागत गर्न चाहेको छ ।’

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ५ : ५९ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल