अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा | Khabarhub Khabarhub

अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । बिहीबार राति बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो । शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सञ्चालन हुन सकेको थिएन ।

आइतबार बिहानैदेखि बागलुङ नगरपालिकाको मेशिन प्रयोग गरी कोरिडोर खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। कोरिडोरसँगै बागलुङ–कुश्मिसेरा सडक पनि तीन दिनदेखि नै अवरुद्ध भएको थियो । 

पहिराले सडक क्षतविक्षत बनाएकाले बागलुङ जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको थियो । सडक अवरुद्ध भएसँगै बलेवा, कुश्मिसेराबरेङ क्षेत्रका हजारौँ नागरिक प्रभावित भएको उनी बताउँछन् ।

उपप्रमुख खड्काले भने, ‘पहिरो हटाएर अहिले यातायात सञ्चालनमा आएको छ, यहाँको भू–भाग निकै कमजोर भएको हुँदा पानी पर्ने बित्तिकै फेरि अवरुद्ध हुन्छ, बर्खा लागेपछि दर्जनौँ पटक सडक अवरुद्ध भयो, नगरपालिकाले खुलायो, यो सडक राष्ट्रिय आयोजना हो, आयोजनाले काम गर्दैन, हामीसँग ‘समन्वय’ नै हुँदैन, सडक दिनदिनै अवरुद्ध हुन्छ, कसले खुलाउने हामीले नखुलाए, नागरिक मर्कामा पर्छन् ।’

यसको दीर्घकालीन समाधान गर्न नसकिए समस्या दोहोरी रहने खड्काको भनाइ छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा कोरिडोरमा यातायातका साधनहरू ठप्प भएका थिए । सडक खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : १८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले