नाइजर : बाजूमलाई ‘उच्च राजद्रोह’ को अभियोगमा मुद्दा चलाइने « Khabarhub

नाइजर : बाजूमलाई ‘उच्च राजद्रोह’ को अभियोगमा मुद्दा चलाइने


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नियामी– नाइजरका विद्रोही सैनिकहरूले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई ‘उच्च राजद्रोह’ र राज्यको सुरक्षालाई कमजोर पारेको अभियोगमा मुद्दा चलाउने बताएका छन् ।

नाइजरको दण्ड संहिताअनुसार बाजुमदोषी ठहरिएमा उहाँलाई मृत्युदण्डको सजाय हुनसक्छ । प्रवक्ता कर्नेल अमादोउ अब्दरमानेले आइतबार राति सरकारी टेलिभिजनमा भने, ‘सैन्य शासनले अपदस्थ राष्ट्रपति र उहाँका स्थानीय तथा विदेशी सहयोगीहरूलाई ‘उच्च राजद्रोह’ र नाइजरको आन्तरिक र बाह्य सुरक्षालाई कमजोर पारेको आरोपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अधिकारीहरूसमक्ष मुद्दा चलाउन आवश्यक सबै प्रमाणहरू जुटाएको छ ।’

उक्त घोषणामा न त आरोपको बारेमा कुनै स्पष्ट विवरण दिइएको छ न त मुद्दाको परिस्थिति वा सुनाईको मिति नै उल्लेख गरिएको छ ।

नाइजरका प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित राष्ट्रपति बाजुमलाई राष्ट्रपति गार्डका सदस्यहरूले जुलाई २६ मा कब्जामा लिई पदच्युत गरेका थिए । त्यसपछि उनी आफ्नी पत्नी र छोरासहित राजधानी नियामीस्थित राष्ट्रपति परिसरमा नजरबन्दमा छन् ।

राष्ट्रपतिका नजिकका व्यक्तिहरू र उनको सत्तारुढ दलका नेताहरूले उहाँको परिवारको बिजुली र पानी काटिएको र उनीहरूको खाना समाप्त भएको बताएका छन् ।

जुन्टाले आइतबार राति यी रिपोर्टहरू खारेज गर्दै पश्चिम अफ्रिकी राजनीतिज्ञहरू र अन्तर्राष्ट्रिय साझेदारहरूले जुन्टालाई बदनाम गर्न दुष्प्रचार गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : २५ बजे

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि