अभिनेत्री दिया पुनद्वारा माउन्ट किलिमन्जारोको सफल आरोहण « Khabarhub

अभिनेत्री दिया पुनद्वारा माउन्ट किलिमन्जारोको सफल आरोहण


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमन्जारोको सफल आरोहण गरेकी छिन् । दियाले स्थानीय समयअनुसार शनिबार बिहान साढे ७ बजे उक्त पाँच हजार ८९५ मिटर अग्लो हिमालको शिखरमा पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । किलिमन्जारो हिमाल अफ्रिकी मुलुक तान्जानियामा अवस्थित छ ।

किलिमन्जारोको शिखरमा उनले नेपाली झण्डासमेत फहराएकी थिइन् । उक्त हिमालको चुचुरोमा पुगेर आफ्नो अर्को एक सपना पूरा भएको दियाले उल्लेख गरेकी छिन् । दियाले गत वर्षको जेठमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् भने यसअघि आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको समेत आरोहण गरिसकेकी थिइन् । विश्वका सात वटा अग्ला हिमालको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको दियाले बताउँदै आएकी छिन् ।

दियाको पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ केही समयअघि प्रदर्शनमा आएको थियो भने आगामी फिल्म ‘दयारानी’ रिलिजको तयारीमा छ । उनले फिल्म ‘वीर विक्रम’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ०९ बजे

जेन-जी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको

कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन्

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

काठमाडौं– काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी

छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी