पूर्वतयारीका कारण डेङ्गी सङ्क्रमितको सङ्ख्या न्यून « Khabarhub

पूर्वतयारीका कारण डेङ्गी सङ्क्रमितको सङ्ख्या न्यून


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले समयमा नै डेङ्गी सङ्क्रमण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ ।  गत वर्ष साउनको अन्तिम हुँदा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १०-१५ जना हुन्थे यस वर्ष हालसम्म जम्मा २५-३० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको बताइएको छ ।   

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार असारको पहिलो सातादेखि नै डेङ्गी रोग नियन्त्रण र फैलन नदिनका लागि जनचेतनामूलक कार्यक्रमसँगै लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेकाले विगतका वर्षमा भन्दा कम सङ्क्रमित भएका हुन्  । 

समयमा नै पूर्वतयारीको कार्यक्रम मजबुत किसिमबाट गरिएको हुँदा त्यसबाट नियन्त्रणका लागि सहयोग पुगेको र संवेदनशील अवस्था नआएको प्रमुख पौडेलको भनाइ छ । कामपाले असारदेखि नै ३२ वटै वडा कार्यलयको नेतृत्वमा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

अहिले रोगको अवस्था सामान्य रहे पनि आवश्यक परे तयारी अवस्थामा रहेको भन्दै प्रमुख पौडेलले सङ्क्रमण देखिए वडा प्रवर्द्धन केन्द्रमार्फत सहज रुपमा सिटामोल र जीवनजल उपलब्ध गराइएको बताए।  

उनका अनुसार उक्त सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडास्तरमा गठन भएको द्रुत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ ।  

त्यसैगरी सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ–आफ्नो टोल–टोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायरलगायत सडक किनारामा राखिएको वस्तुमा पानी जम्न नदिनेजस्ता कार्य गरिरहेका छन् । 

    

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : १६ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित