पूर्वतयारीका कारण डेङ्गी सङ्क्रमितको सङ्ख्या न्यून « Khabarhub

पूर्वतयारीका कारण डेङ्गी सङ्क्रमितको सङ्ख्या न्यून


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले समयमा नै डेङ्गी सङ्क्रमण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ ।  गत वर्ष साउनको अन्तिम हुँदा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १०-१५ जना हुन्थे यस वर्ष हालसम्म जम्मा २५-३० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको बताइएको छ ।   

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार असारको पहिलो सातादेखि नै डेङ्गी रोग नियन्त्रण र फैलन नदिनका लागि जनचेतनामूलक कार्यक्रमसँगै लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेकाले विगतका वर्षमा भन्दा कम सङ्क्रमित भएका हुन्  । 

समयमा नै पूर्वतयारीको कार्यक्रम मजबुत किसिमबाट गरिएको हुँदा त्यसबाट नियन्त्रणका लागि सहयोग पुगेको र संवेदनशील अवस्था नआएको प्रमुख पौडेलको भनाइ छ । कामपाले असारदेखि नै ३२ वटै वडा कार्यलयको नेतृत्वमा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

अहिले रोगको अवस्था सामान्य रहे पनि आवश्यक परे तयारी अवस्थामा रहेको भन्दै प्रमुख पौडेलले सङ्क्रमण देखिए वडा प्रवर्द्धन केन्द्रमार्फत सहज रुपमा सिटामोल र जीवनजल उपलब्ध गराइएको बताए।  

उनका अनुसार उक्त सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडास्तरमा गठन भएको द्रुत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ ।  

त्यसैगरी सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ–आफ्नो टोल–टोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायरलगायत सडक किनारामा राखिएको वस्तुमा पानी जम्न नदिनेजस्ता कार्य गरिरहेका छन् । 

    

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : १६ बजे

बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान

राहदानी आपूर्ति सहज हुने, सात लाख थान राहदानी खरिद सम्झौता

काठमाडौं – राहदानी विभागले अन्तरिम अवधिमा राहदानी अभाव न्यूनीकरण गर्न

जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा

कास्की- कास्की जिल्ला प्रहरी कार्यालयले गत भदौ २३ र २४

दुई मन्त्रीको हठमा पिल्सियो राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन (भिडियोसहित)

काठमाडौं- राष्ट्रिय महत्वको निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलमा

दमनकारी र भ्रष्टाचारीलाई कारबाही नगर्ने सुशीला कार्कीले राजीनामा दिनुपर्छः अध्यक्ष साह

काठमाडौं – कमा जेनजी नेपालका अध्यक्ष विकेश साहले एमाले अध्यक्ष