दुई दिनदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग सञ्चालनमा « Khabarhub

दुई दिनदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग सञ्चालनमा


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

उदयपुर – अविरल वर्षासँगै पहिरो गएपछि दुई दिनदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड शनिबार रातिदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो ।

राजमार्गको उदयपुरगढी गाउँपालिका–६ स्थित मौवासीखोलाको पुल नजिकैको भित्ता नै पहिरो गएपछि अवरुद्ध सडक आज साँझ ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए ।

कार्कीका अनुसार आज साँझदेखि एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन् । “एकतर्फी सञ्चालनमा आएको छ, भोलिदेखि पूर्णरूपमा सञ्चालनमा आउँछ”, उपरीक्षक कार्कीले भने, “आज वर्षा रोकिएपछि बिहानैदेखि सडक खोल्ने काम भएको थियो ।”

गाईघाट–दिक्तेल सडक आयोजनाको एउटा लोडर, उदयपुरगढी गाउँपालिका र लामा शर्मा जेभीको जेसिवीले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । पहिरोले ५० मिटरभन्दा बढी सडक पुरेको थियो ।

मुख्यगरी कोशी प्रदेशबाट राजधानी काठमाडौँ जाने छोटो बाटो सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीलाई गाईघाटदेखि लहान हुँदै बर्दिवासतर्पm पठाइएको थियो भने पश्चिमबाट पूर्व आएका सवारीलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पूर्व पठाइएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको