दुई दिनदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग सञ्चालनमा « Khabarhub

दुई दिनदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग सञ्चालनमा


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

उदयपुर – अविरल वर्षासँगै पहिरो गएपछि दुई दिनदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड शनिबार रातिदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो ।

राजमार्गको उदयपुरगढी गाउँपालिका–६ स्थित मौवासीखोलाको पुल नजिकैको भित्ता नै पहिरो गएपछि अवरुद्ध सडक आज साँझ ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए ।

कार्कीका अनुसार आज साँझदेखि एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन् । “एकतर्फी सञ्चालनमा आएको छ, भोलिदेखि पूर्णरूपमा सञ्चालनमा आउँछ”, उपरीक्षक कार्कीले भने, “आज वर्षा रोकिएपछि बिहानैदेखि सडक खोल्ने काम भएको थियो ।”

गाईघाट–दिक्तेल सडक आयोजनाको एउटा लोडर, उदयपुरगढी गाउँपालिका र लामा शर्मा जेभीको जेसिवीले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । पहिरोले ५० मिटरभन्दा बढी सडक पुरेको थियो ।

मुख्यगरी कोशी प्रदेशबाट राजधानी काठमाडौँ जाने छोटो बाटो सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीलाई गाईघाटदेखि लहान हुँदै बर्दिवासतर्पm पठाइएको थियो भने पश्चिमबाट पूर्व आएका सवारीलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पूर्व पठाइएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : १७ बजे

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौं–  विश्व तापमान वृद्धिको प्रमुख कारक तत्त्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक