सप्तकोशी नदीमा पानीको बहाव घट्दै « Khabarhub

सप्तकोशी नदीमा पानीको बहाव घट्दै


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

इनरुवा – पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको मापनअनुसार तीन लाख ५७ हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ब्यारेजको ५६ वटै ढोका खोलिएको उनले बताए । आज बिहान ६ बजेको मापनअनुसार चार लाख ५२ हजार सात सय १० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो भने बिहान ८ बजे चार लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

कोशीमा पानीको बहाव उच्च भए पनि कोशीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । राजावा, प्रकाशपुर, मधुवन लगायतका पूर्वी तटबन्धमा खतरा नरहेको उनले बताए । ठूला सवारी साधनलाई आलोपालो वारपार गराउँदै आएको छ । कोशीमा सन् १९८९ सालमा चार लाख ७२ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

यस्तै गत वर्ष साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको थियो । यस्तै विसं २०६५ भदौ २ गते दिउँसो सप्तकोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिक रुपमा प्रभावित भएका थिए ।

त्यसबेला सात हजार पाँच सय ६३ परिवारका ४२ हजार सात सय ६५ जना स्थानीय विस्थापित भएका थिए । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । यस्तै दुई लाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने नौ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाव धान्न सक्ने रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : १९ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन