सप्तकोशी नदीमा पानीको बहाव घट्दै | Khabarhub Khabarhub

सप्तकोशी नदीमा पानीको बहाव घट्दै


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

इनरुवा – पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको मापनअनुसार तीन लाख ५७ हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ब्यारेजको ५६ वटै ढोका खोलिएको उनले बताए । आज बिहान ६ बजेको मापनअनुसार चार लाख ५२ हजार सात सय १० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो भने बिहान ८ बजे चार लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

कोशीमा पानीको बहाव उच्च भए पनि कोशीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । राजावा, प्रकाशपुर, मधुवन लगायतका पूर्वी तटबन्धमा खतरा नरहेको उनले बताए । ठूला सवारी साधनलाई आलोपालो वारपार गराउँदै आएको छ । कोशीमा सन् १९८९ सालमा चार लाख ७२ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

यस्तै गत वर्ष साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको थियो । यस्तै विसं २०६५ भदौ २ गते दिउँसो सप्तकोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिक रुपमा प्रभावित भएका थिए ।

त्यसबेला सात हजार पाँच सय ६३ परिवारका ४२ हजार सात सय ६५ जना स्थानीय विस्थापित भएका थिए । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । यस्तै दुई लाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने नौ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाव धान्न सक्ने रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : १९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः