लागूऔषधसहित दुई महिला पक्राउ « Khabarhub

लागूऔषधसहित दुई महिला पक्राउ


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई महिलालाई नियन्त्रणमा लिएको छ।

सिरहा नगरपालिका १४ खिरौना लच्कास्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोहीमा सवार दुई महिलालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ रन्जितपुर टोल बस्ने २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा १७ खैरटोका बस्ने ३० वर्षीया नमिमा खातुन रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र राज पाण्डेले जानकारी दिए।

निराले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभेट १० लेखिएको २० पता (६०० पिस ट्याब्लेट), नेपाली रुपैयाँ २ हजार ८०५ र ३ थान मोबाईल बरामद गरिएको छ भने खातुनको साथबाट ३१ हजार ५ सय रुपैयाँ र १ थान मोबाईल बरामद गरिएको प्रहरीले जनाएका छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ५६ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित