स्वर्गीय नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने « Khabarhub

स्वर्गीय नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको नेकपा एमालेले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले ११ बजे अघि नै पशुपति आर्यघाट पुग्ने गरी शव यात्रा सुरु हुने जानकारी दिए ।

मंगलबार बिहान १ बजे हृदयघातबाट निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर बुधबार दिउँसो एक बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि बालुवाटारस्थित निजी निवासमा लगिएको थियो । 

नेम्वाङको निधनको शोकमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।  

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : ३४ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत