नाथ्री किन फुट्छ ? « Khabarhub

नाथ्री किन फुट्छ ?


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

नाथ्री फुट्ने समस्या बालकदेखि वृद्धासम्मलाई हुन सक्छ । कहिलेकाहीँ त नाथ्री फुटेर एक्कासि ह्वालह्वालती रगत आइदिँदा मानिसहरू के गर्ने भनेर अलमलमा पनि पर्ने गर्छन् ।

सायद तपाईँको पनि बेलाबखतमा नाथ्री फुटेर नाकबाट रगत आएको होला । यसको कारण के हो त ? आज हामी यसका बारेमा चर्चा गर्छौँ ।

नाक हाम्रो शरीरको निकै संवेदनशील अंग हो । सानो चोटपटक वा अन्य केही समस्या भएमा यसले ठूलो समस्या निम्त्याउन सक्छ ।

गर्मीयामसँगै विभिन्न सङ्क्रमणका कारण नाक सुक्खा हुँदा नाथ्री फुट्ने समस्या बढी हुने चिकित्सकहरू बताउँछन् । 

विशेष गरी गर्मी मौसममा नाथ्री फुट्ने समस्या धेरै देखिन्छ । गर्मी मौसममा तातोका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् ।

कतिपय साना नलीहरू आफैँ फुट्ने गर्छन् जसबाट रगत आउँछ । सामान्यतया नाथ्री फुट्दा केही समयमा आफैँ रगत रोकिने गर्छ । 

यस्ता छन् नाथ्री फुट्ने कारण 
कुनै पनि चिजले नाकमा ठोक्किएर चोटपटक लाग्यो भने पनि नाकबाट रगत आउँछ । यसका साथै रुघाखोकी, पिनास, नाकभित्रको रक्तनली फुटेर, उच्च रक्तचाप, रक्तअल्पता, र हृदयको रोग भएमा, फ्लु, क्यान्सर, हाेमोफेलिया, लहरे खोकी, निमोनिया तथा टाइफाइड भएमा, कतिपयले रगत पातलो बनाउने औषधि खाने गरेको कारणले पनि नाथ्री फुट्ने गर्छ ।

बालबालिकाहरू घाममा धेरै खेल्दा र दौडँदा तापक्रम बढी भएर नाकमा रहेका रक्तनली फुट्ने सम्भावना बढी हुन्छ । अन्य रगतसम्बन्धी रोग होमोफेलिया भएका मानिसमा, कलेजो र मिर्गौलामा समस्या भएका मानिसहरूमा नाकबाट रगत बग्ने समस्या देखा पर्छ । 

नाथ्री फुटेको समयमा के गर्ने  ? 
नाथ्री फुटेको समयमा सबै भन्दा पहिला बुढीऔँला र चोरी औँलाले बेस्सरी नाकलाई १० मिनेटसम्म च्याप्ने र  अगाडि पट्टि निहुरिने यो बेला मुखबाट सास फेर्ने गर्नुपर्छ । 

धेरै चिल्लो, लसुन, माछा, मासु र अण्डा नखाने, गर्मीको मौसममा चिया, कफी, बढी नपिउने, रक्सी, सुर्ती तथा धुमपान सेवन नगर्ने । 

एकपटक नाकबाट रगत आइसकेको छ भने त्यस्तो मान्छेले घामबाट बाहिर निस्किँदा विशेष ध्यान दिनु पर्छ । लामो समयसम्म नाकबाट रगत बगिरह्यो भने तुरुन्तै नजिकको अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनु पर्छ । 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : ०४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम