आफ्नै छात्रालाई करणी गर्ने शिक्षकलाई १२ वर्षको जेल सजाय « Khabarhub

आफ्नै छात्रालाई करणी गर्ने शिक्षकलाई १२ वर्षको जेल सजाय


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

लमजुङ– आफ्नै छात्रालाई करणी गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङको राइनास नगरपालिका–९ का प्रकाश थापालाई लमजुङ जिल्ला अदालतले १२ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ ।

यस्तै, उनै बालिकालाई बलात्कार गरेको भनी परेको अर्को मुद्दामा सोही ठाउँका अर्जुन विक्रम थापालाई पनि जिल्ला अदालतले १२ वर्ष कैद हुने फैसला गरेको छ । 

छुट्टा छुट्टै घटनामा फरक फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाई अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

२०७७ माघमा भएको बलात्कारको घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाको वडा नंं ९ मा रहेको भैरव माविका शिक्षक प्रकाश थापालाई पहिलोपटक पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकोमा दबाबमा बालिकाले आरोप झुटो रहेको बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे ।

उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाई कारबाही गर्नुपर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए । 

विद्यालयका अध्यक्ष नै शिक्षकको विरोधमा उत्रे पछि शिक्षकहरू मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कारबाही गर्नुपर्ने भन्दै विद्यालयको पठनपाठन नै अवरूद्ध गरेर आन्दोलनमा उत्रिएका थिए । उक्त घटनामा अन्यत्र बिरलै हुने एक आपसमा आरोप प्रत्यारोपको अनौठो सिलसिला नै चलेको थियो ।

पछि पीडित बालिकालाई अभियुक्तले मानसिक दबाब दिएर बयान फेर्न लगाइएको ठहर गरी बाल अधिकारकर्मीहरूको सहयोगमा मनोविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदौ १ मा ती बालिकाले प्रकाश थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

सो क्रममा ती बालिकाले आफूलाई राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरुन्तै अर्जुन बिक्रम थापालाई पक्राउ गरेको थियो । 

शिक्षक प्रकाश थापा भने भूमिगत भएका थिए । विद्यालयका शिक्षकहरूको ‘कासमु’ बुझाउन काठमाडौँ गएको बताइए पनि उनी लमजुङमै लुकेर बसेको किटानी जाहेरी परेको १४ दिनपछि पक्राउ परेका थिए ।

प्रहरीले पीडित बालिकाको किटानी जाहेरीका आधारमा दुवै आरोपीविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । लमजुङ जिल्ला अदालतको फैसलापछि दुवै जना कारागार चलान भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : ४० बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ