विश्व शक्ति बन्ने दिशामा अग्रसर भारत | Khabarhub Khabarhub

विश्व शक्ति बन्ने दिशामा अग्रसर भारत



विश्वका शक्तिशाली राष्ट्रको समूह जी-२० को १८ औं शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा भर्खरै सम्पन्न भएको छ। रुस र चीन जस्ता देशको अनुपस्थितिका कारण यस सम्मेलनको सफलतालाई लिएर अनेकौं आशंका व्यक्त भइरहेका थिए।

रुस-युक्रेन युद्धका कारण अमेरिका लगायतका पश्चिमेली देशको भूमिकाका कारण पनि नयाँ दिल्ली सम्मेलनको सफलतामाथि आशंका व्यक्त गरिन्थ्यो तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्व क्षमता, दूरदर्शिता, लोकप्रियता र पुरै विश्वलाई विश्वासमा लिएर अगाडि बढ्ने अभूतपूर्व नेतृत्व क्षमताका कारण जी-२० को नयाँ दिल्ली शिखर सम्मेलन पूर्णतः सफल साबित भएको छ।

अमेरिका, रुस, भारत र चीनको सहमतिबाट कुनै घोषण पत्र जारी हुनुलाई आश्चर्य नै मानिन्छ तर नयाँ दिल्ली सम्मेलनले यो कठीन र असम्भव कार्यलाई पनि सफल बनाएको छ। जी-२० को शिखरसम्मेलन भारतलाई विश्व राजनीतिक मञ्चको प्रमुख शक्तिको रुपमा स्थापित गरेको छ। अफ्रिकी युनियनलाई जी-२० को स्थायी सदस्य बनाउने भारतीय प्रधानमन्त्री मोदीको निर्णयले ग्लोबल साउथको प्रमुख नेतृत्वको रुपमा पनि उनलाई स्थापित गरेको छ। सम्मेलनमा भाग लिन आएका विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको सफल आतिथ्यको निकै प्रशंसा गरे।

सम्मेलन समापनको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघमा सुधारको आवश्यकता औल्याउदै विश्वलाई अपेक्षाकृत राम्रो भविष्यको दिशामा लैजानु र विश्वको व्यवस्था पनि वास्तविकता अनुसारको हुनुपर्ने औल्याउदै जुन व्यक्ति र संस्था समयको माग अनुसार आफूमा परिवर्तन ल्याउन सक्दैन, त्यो आफै सिद्धिने प्रकृतिको शाश्वत नियमको स्मरण पनि गराए।

हाल प्रत्येक वैश्विक संस्थाले आफ्नो प्रासंगीतालाई साबित गर्न र बढाउन समय सापेक्ष सुधारलाई आत्मसाथ गर्नुपर्ने बताए साथै अफ्रिकी युनियनलाई जी-२० को सदस्य बनाउने आफ्नो निर्णय पनि यसैको प्रमाण रहेको विचार राखे। ५१ सदस्य हुँदा पनि ५ स्थायी सदस्य र दुई सय सदस्य हुँदा पनि ५ स्थायी सदस्य नै रहनु उचित नभएको भन्दै यसमा सुधारको माग पनि गरे।

जी-२० को नयाँ दिल्ली शिखर सम्मेलनको सफल आयोजनापछि यसमा सहभागी हुन आएका विश्वका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णायक एवं नेतृत्वदायी क्षमताको व्यापक प्रशंसा गरेका हुन्। उनले ग्लोबल साउथको आवाजलाई प्रभावकारी रुपमा उठाएकोमा पनि प्रशंसा गरेका छन्। भारतको अहिलेको सरकारको प्रशंसा गर्दै विश्वका शक्तिशाली देशका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा अघि सारिएका ‘एक पृथ्वी, एक परिवार’ र एक भविष्यको नारालाई पनि समय सापेक्ष, सार्थक र उपयोगी बताएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले जी-२० को अध्यक्षको रुपमा भारतले विश्वलाई एकता र शान्तिको सन्देश दिने प्रयास गरेको भन्दै भारत र फ्रान्सले मिलेर विकास र समृद्धिको दिशामा काम गर्न तथा विखण्डनको विरोध गर्ने प्रतिवद्धता व्यक्त गरे। क्यानडाका राष्ट्रपति जस्स्टिन ट्रुडोले भारत विश्वको असाधारण अर्थ व्यवस्थाकोरुपमा महत्त्वपूर्ण रहेको भन्दै जलवायु परिवर्तनको चुनौतीसँग मुकाविला गर्न र नागरिको विकासका लागि भारत र क्यानडा मिलेर काम गर्ने बताए।

अस्तिसम्म प्रत्येक मामिलामा भारतको विरोध गर्दै आएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यको रुपमा भारतको समर्थन गरे। भारतले सुरक्षा परिषदमा आफ्नो भूमिका निर्वाह गर्नु गर्वको विषय हुने उनको भनाइ थियो। अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान, इटलीलगायतका देशले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्यको रुपमा भारतकोे दाबेदारीलाई समर्थन गरेका छन्।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले नयाँ दिल्लीमा जी-२० को सफल आयोजना र आतिथ्य प्रदान गरेकोमा प्रधानमन्त्री मोदीको प्रशंसा गरेका छन्। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अफ्रिकी युनियनलाई जी-२० मा सहभागी गराउन भारतले खेलेको भूमिकाको प्रशंसा गर्दे सम्मेलनको सफल आयोजनका लागि मोदीको प्रशंसा गरे।

बेलायतका प्रधानमन्त्री ऋषी सुनकले ऐतिहासिक जी-२० को सफलता र भारतीयले प्रदान गरेको आतिथ्यको ठूलो प्रशंसा गरे। नयाँ दिल्लीको अक्षरधामस्थित मन्दिरमा उनले साष्टाङग प्रणाम गरेको दृश्य जी-२० सम्मेलनमा चर्चाको विषय रहयो। आफू हिन्दु भएकोमा गर्व महसुस गर्ने बेलायतका प्रधानमन्त्रीले चुनावी र मौसमी हिन्दु बन्ने नेतालाई गतिलो जवाफ दिँदै आएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले जी-२० कोसफलताले यसको सान्दर्भिकताको पुष्टि गरेको भन्दै अहिले पनि महत्त्वपूर्ण मुद्दाको समाधान गर्नमा यो सक्षम रहेको बताएका छन्। भारत अमेरिका दुई पक्षीय सम्बन्ध निकै सुदृढ हुँदै गएको बताउदै उनले भारतका प्रधानमन्त्री मोदीको नेतृत्व क्षमताको पनि खुलेर प्रशंसा गरे।

अन्तरर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक किस्टालिना जौर्वीवाले अफ्रिकी युनियनलाई जी-२० मा सामेल गरिएकोमा प्रधानमन्त्री मोदीको बुद्धिमताको प्रशंसा गरेकी छिन्। जर्मन जानसलर ओलाफ स्कोल्जले जी-२० शिखर सम्मेलन सकारात्मक परिणामसहित र अपेक्षा गरेको भन्दा बदी सफल भएको दाबी गरेका छन्। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डिसिल्बाले नयाँ दिल्लीमा जी-२० को कार्यक्रमको सफल आयोजनका लागि मोदीको प्रशंसा गरे। चार महिनापछि ब्राजिल नै यसको नयाँ अध्यक्ष हुनेछ। नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटेलले ग्लोबल साउथको समूहलाई केन्द्रमा राखेकोमा भारतका प्रधानमन्त्री मोदीको प्रशंसा गरेको छन्।

फ्रान्सका राष्ट्रपतिले भारतलाई न्युक्लियर सप्लाई ग्रुपको सदस्यता दिन मागसमेत गरे। इटलीका प्रधानमन्त्रीले जी-२० को नयाँ दिल्ली सम्मेलनबाटै आफ्नो देश बिआरआईबाट अलग भएको घोषणा गरे जुन चीनको लागि ठुलो धक्का हो।

जी-२० को नयाँ दिल्ली शिखर सम्मेलनमा सहभागी नभएर यस सम्मेलनको असफलताको आन्तरिक चाहना राखेको चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले पनि ९ सेप्टेम्बरको आफ्नो सम्पादकीयमा नयाँ दिल्लीले जी-२० शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर भारतले महाशक्तिको रुपमा आफ्नो हैसियतलाई बढाउन उच्च महत्त्व दिएको टिप्पणी गरेको छ।

अमेरिका र पश्चिमाले चीन एवं भारतबीचको भूराजनीतिक द्वन्द्व र विभाजनलाई चर्काउन खोज्दै आनन्द लिन खोजेको देखिन्छ भन्ने टिप्पणी पनि पत्रिकाले गरेको छ। नयाँ भौगोलिक नक्सा जारी गरेर आफ्ना एक दर्जनभन्दा बढी छिमेकी राष्ट्रको विरोधको सामना गर्दे आएको चीनले सम्भावित विरोधबाट बच्नका लागि नै नयाँ दिल्ली सम्मेलनमा भाग लिन नआएको हुनसक्ने सम्भावना पनि व्यक्त गरिन्छ। भारतको अध्यक्षतामा सम्पन्न जी-२० को १८ औंशिखर सम्मेलनले आतंकवादलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा मान्दै आतंकवादको जुनसुकै प्रकारको पनि निन्दा गरेको छ।

आतंकवादी समूहविरुद्ध अन्तर्राष्ट्रिय सहयोग बढाउने प्रतिबद्धता पनि बैठकले गरेको छ। बैठकको पहिलो दिनमै सदस्या राष्ट्रबीच घोषणापत्रमा सहमतिबन्नु सम्मेलनको ठुलो सफलता हो। जी-२० सदस्य राष्ट्रबीचमा कायम मतभेदलाई चिर्दै भारतले घोषणापत्रमा सहमति जुटाउन सक्नुलाई ठूलो उपलब्धि मानिएको छ।

घोषणापत्रमा रुसको नाम उल्लेख नगरी युक्रेन युद्ध र त्यसले सिर्जित समस्याको चर्चा गरिएको छ। भारतीय कूटनीतिज्ञको परिश्रमपछि यसमा सफलता हात लागेको हो। भारतले अमेरिका, रुस चीन र युरोपियन युनियनलाई घोषणपत्रमा सहमति गराउनु ठुलो सफलता हो।

घोषणापत्रमा हरेक देशको क्षेत्रीय अखण्डता, सम्प्रभुता र राजनीतिक स्वतन्त्रतालाई कायम राख्न तथा हरेक देशले संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने आह्वान गरिएको छ। सबै देशले दीर्घकालीन विकासको कार्य गर्नुपर्ने, विश्वका तीव्र गतिले विकसित भइरहेको विकासशील सहरलाई हरित र कम कार्बन ऊर्जाको प्रविधिमा काम गर्न सहयोग दिने, जलवायु परिवर्तनको संकटको सामना गर्न त्यस कार्यमा महिलाको सहभागिता बढाउने र उनीहरुको नेतृत्वलाई प्राथमिकता दिने वैश्विकलाभका लागि एआईको प्रयोगलाई बढावा दिने जस्ता विषयहरु घोषणपत्र उल्लेख छन्।

जी-२० सम्मेलनमै भारत र मध्यपूर्व यूरोपका लागि मेगा इकोनोमिक करिडोरको पनि घोषण गरिएको छ। त्यसमा भारत, यूएई, साउदीअरब, युरोपियन युनियन, फ्रान्स, इटली, जर्मनी र अमेरिकाको पनि सहभागिता रहनेछ ।

करिडोरमा रेल र बन्दरगाह जस्ता नेटवर्कको विकास गरिनेछ। उक्त करिडोरले आपसी व्यापारलाई बढावा मिल्ने विश्वास गरिएको छ। त्यसमा सात देशले लगानी गर्ने छ। चीनको बेल्ट एण्ड रोडमार्गसँग तुलना गर्दै यस करिडोरलाई महत्वाकांक्षी योजना मानिएको छ। त्यस्तै स्वच्छ ऊर्जाका लागी भारतको अगुवाईमा ग्लोबल बायो फियूल अलायन्सको पनि घोषण गरिएको छ। समग्रमा जी-२० को नयाँ दिल्ली शिखर सम्मेलनले भारतलाई विश्व गुरुको रुपमा स्थापित गर्ने मार्ग खुलाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ८ : २७ बजे

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र

जसपा बैठक : राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका

आचारसंहिता उल्लङ्घन गरेका मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने

काठमाडौं  – इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा