राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा « Khabarhub

राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

उनको मुन्धुम र हिन्दु संस्कृति अनुसार दाहसंस्कार गरिएको छ । नेम्वाङलाई उनका दुई छोराले दागबत्ती दिए ।

नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए ।

दाहसंस्कारका क्रममा उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिएको थियो । 

नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री दाहाल, मन्त्रीहरू, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, विभिन्न दलका शिर्ष नेता, कार्यकर्ता, आफन्त र शुभेच्छुकको ठूलो उपस्थिति रहेको थियो ।

यसअघि नेम्वाङको पार्थिव शरीर शवयात्रासहित बालुवाटार हुँदै शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्‍याइएको थियो ।  

नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो । नेम्वाङका श्रीमती दुई छोरा र दुई छोरी छन् ।

नेम्वाङको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  १२ : ५६ बजे

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा