इच्छाकामना महोत्सव सुरु « Khabarhub

इच्छाकामना महोत्सव सुरु


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि  इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो ।

बगमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले इच्छाकामना  गाउँपालिकाको चिनारीका साथै समग्र आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने  विश्वास व्यक्त गरे। इच्छाकामना धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा सम्भावना रहेको गाउँपालिका रहेको उनको भनाइ छ ।  

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको समग्र सामाजिक आर्थिक विकासका लागि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा यी चार क्षेत्रको विकासबाट मात्र सम्भव हुने बताए । यी चार क्षेत्रलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर आफूहरू लागिरहेका बेला यस्ता खालका महोत्सवले अभियानमा महत्वपूर्ण भूमिका खेल्ने बताए। 

इच्छाकामना उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष तथा महोत्सवका संयोजक कल्याण गुभाजुले आर्थिक मन्दीले कठिन अवस्था सिर्जना भएको इच्छकामनामा आर्थिक चलायमान बनाउन महोत्सव आयोजना गरिएको  बताए । उनले यहाँ भएका  धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार गर्न पनि महोत्सव  आयोजना गरिएको  बताएका छन् ।

यही असोज ७ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ । त्यसका लागि महोत्सवमा दुई सय कक्ष राखिएको छ । त्यसमध्ये स्थानीय उत्पादनका १५ कक्षलाई निःशुल्क व्यवस्था गरिएको छ । करिब एक लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । 

इच्छाकामना मन्दिर, बालगौरी पाथिभरा सिंहदेवी मन्दिर, मनकामना मन्दिर, जिल्लाकै सबैभन्दा अग्लो भूमि सिराइचुली, पुरानो सदरमुकाम उपर्दाङ्गढी, लामो झरनालगायतका गन्तव्य अवलोकन गर्न र त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न सकिने आयोजकले जनाएको छ । साथै महोत्सवको अवलोकन गर्नेका लागि मनकामना केबलकारको टिकटमा १५ प्रतिशत छुटकोसमेत व्यवस्था रहेको छ ।  

इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य सङ्घ मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो, इच्छाकामना एफएम कुरिनटारको सह-आयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवको प्रवर्द्धक एंव संरक्षक उद्योग वाणिज्य सङ्घ चितवन र इच्छाकामना गाउँपालिका रहेको छ ।  

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  १ : ०३ बजे

एमाले स्कूल विभाग : ६६ जिल्लामा प्रशिक्षण, आठ हजार प्रशिक्षक उत्पादन

काठमाडौं – नेकपा (एमाले)ले १० औं महाधिवेशनपछि स्कूल विभागले गरेका

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक

दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

दाङ– दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्

पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

कास्की– देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार