दाङमा सर्पको टोकाइबाट छ जनाको मृत्यु  | Khabarhub Khabarhub

दाङमा सर्पको टोकाइबाट छ जनाको मृत्यु 


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए ।

साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए । त्यस्तै साउन र भदौमा छ/छ  बालबालिकालाई सर्पले टोकेको थियो । सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरूषको मृत्यु भएको हो । 

जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ  भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  १ : ३९ बजे

तनहुँ म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास

आज आठौँ विश्व संस्कृत दिवस मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत

खोलाले बगाउँदा एक युवक बेपत्ता

मुस्ताङ– मुस्ताङमा जङ्गलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक

सीप हस्तान्तरण नहुँदा जनै बनाउने चलन हराउँदै

नवलपरासी– नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा हिन्दू धर्मावलम्बीले प्रयोग गर्ने

नवलपुरको गैँडाकोटमा चियाको परीक्षण खेती

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा चिया खेती सुरु गरिएको छ ।