अज्ञात समूहद्वारा विद्यालयमा आगजनी | Khabarhub Khabarhub

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बैतडी– अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो । कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ । 

‘बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए’, उनले भने, ‘आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।’ 

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट रु नौ हजार तीन सय बराबरको सामानको चोरी भएको छ ।

विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् ।  

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  २ : ०२ बजे

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६