नेम्वाङकाे निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति « Khabarhub

नेम्वाङकाे निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले संविधानसभाका अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ ।

आयोगका अध्यक्ष केशव बडालले जारी गरेको शोक वक्तव्यमा नेम्वाङ राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्रधार रहेको उल्लेख छ । संविधान निर्माणका अगुवा नेम्वाङ सरल, मृदुभाषी, शालीन र राष्ट्रिय सहमतिका सर्जक वरिष्ठ राजनीतिज्ञ र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गरेका व्यक्तित्व भएकाले विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि उनले देखाएको विशिष्ट क्षमताको स्मरण गरिएको छ ।

“अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न नेम्वाङले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभाएको थियो”, वक्तव्यमा भनिएको छ, “नेपालको सामाजिक आर्थिक रुपान्तरणको अभियानमा अविचलित रूपमा उभिनुभएका नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार, पार्टीका र देशलाई क्षति पुगेका छ । उहाँले राष्ट्र र जनताको हितमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँका असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं ।’’

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ३ : १५ बजे

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले