नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित « Khabarhub

नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित


२८ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण गरिएको थियो ।

गत मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ । उनी संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए । 

राष्ट्रियसभाको अर्को बैठक आउँदो असोज १२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ३ : ५७ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने