फाइल तस्वीर

देश/प्रदेश

पर्वतमा ‘किङ कोब्रा’ भेटियो

By खबरहब

September 14, 2023

कुश्मा- पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ ।

डभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए ।

यसअघि कुश्मा नगरपालिका–८ कटुवाचौपारी र वडा नं १२ ठूली पोखरीमा पनि राजगोमन भेटिएको थियो ।