नेम्वाङको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको छ : ओली « Khabarhub

नेम्वाङको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको छ : ओली


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बिभिन्न परिवर्तनकारी आन्दोलनदेखि संविधानसभाबाट संविधान जारी गर्ने र अहिले सबैलाई एकतावद्ध गर्न सक्ने सफल राजनेता सुवास नेम्वाङ भएको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका हुन् । सामाजिक सद्भाव राष्ट्रिय एकतामा नेम्वाङको सदैव जोड रहने गरेको उनले स्मरण गरे ।

उनले नेपालको संसदीय प्रणालीको कार्यान्वयनमा नेम्वाङको भूमिका कसैले लिन नसक्ने जिकिर गरे । नेम्वाङको निधनपछि सम्मानमा सरकारले कुनै कन्ज्युसाई नगरेको र यो सकारात्मक रहेको ओलीले बताएका छन् ।

संसदीय दलको बैठकले दलका उपनेता समेत रहनुभएका नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : ०९ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा