नेम्वाङको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको छ : ओली | Khabarhub Khabarhub

नेम्वाङको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको छ : ओली


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बिभिन्न परिवर्तनकारी आन्दोलनदेखि संविधानसभाबाट संविधान जारी गर्ने र अहिले सबैलाई एकतावद्ध गर्न सक्ने सफल राजनेता सुवास नेम्वाङ भएको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका हुन् । सामाजिक सद्भाव राष्ट्रिय एकतामा नेम्वाङको सदैव जोड रहने गरेको उनले स्मरण गरे ।

उनले नेपालको संसदीय प्रणालीको कार्यान्वयनमा नेम्वाङको भूमिका कसैले लिन नसक्ने जिकिर गरे । नेम्वाङको निधनपछि सम्मानमा सरकारले कुनै कन्ज्युसाई नगरेको र यो सकारात्मक रहेको ओलीले बताएका छन् ।

संसदीय दलको बैठकले दलका उपनेता समेत रहनुभएका नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : ०९ बजे

रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा

कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने  

काठमाडौं– सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने

छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ : मन्त्री चौधरी

भक्तपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको

गोर्खा भर्ती स्थगन गर्न माग

काठमाडौं– ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके-नेपालले ब्रिटिस गोर्खा

तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ : स्वर्णिम वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ-१ का सांसद