खेलाडीका लागि घोषणा गरिएका पुरस्कार शुक्रबारको मन्त्रिपरिषद बैठकले निकासा गर्छ : प्रधानमन्त्री प्रचणड « Khabarhub

खेलाडीका लागि घोषणा गरिएका पुरस्कार शुक्रबारको मन्त्रिपरिषद बैठकले निकासा गर्छ : प्रधानमन्त्री प्रचणड


२८ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीका लागि घोषणा गरिएका पुरस्कार शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले निकासा गर्ने बताएका छन् ।

चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई विदाई गर्न बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले केही प्राविधिक र नीतिका कारण घोषित पुरस्कार निकासामा ढिलाइ भएको भन्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सबै रकम निकासा गर्ने बताएका हुन् ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने पनि बताए ।

असोज ६ गतेदेखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछ । जसमा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ६ : १९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४