दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको काम तीव्र गतिमा « Khabarhub

दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको काम तीव्र गतिमा


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन क्षेत्रका रुख कटानको अनुमति पाएसँगै निर्माणको कामले गति लिएको छ ।

प्रसारण लाइनअन्तर्गत पर्ने रुख कटानको अनुमति पाएसँगै सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । यही भदौ ५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरबाट नवलपरासीको बर्दघाटसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरेका थिए । सोही प्रसारण लाइनमा अहिले निर्माण भइरहेको विद्युत् प्रसारण लाइन बर्दघाट पुगेर जोडिने छ ।

यसअघि समयमै रुख कटानको अनुमति नआउँदा प्रसारण लाइन निर्माणका लागि म्याद थप गर्नुपरेको थियो । गत वर्षको भदौ १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन नसकेपछि आयोजना सम्पन्न गर्न एक वर्षको समय थपिएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताए।

‘एक्काइस किलोमिटर लामो प्रसारण लाइनअन्तर्गत पर्ने वन क्षेत्रमा १५ हजार रुख कटान गर्नुपर्ने प्रारम्भिक प्रक्षेपण गरिए पनि दोस्रो सर्वेक्षणले कममात्रै रुख कटान गर्नुपर्ने निष्कर्ष निकालेपछि अनुमतिमा ढिलाइ भएको थियो’, उनले भने ।

दुई चरणमा कटान गर्ने गरी रुख काट्ने अनुमति प्राप्त भएकामा हालसम्म दुई हजार रुख कटान भइसकेको छ । उक्त प्रसारण लाइन विस्तार क्षेत्रमा कुल पाँच हजार आठ सय रुख कटानको अनुमति प्राप्त भएको आयोजना प्रमुख मिश्रले बताएका छन्  ।

उनले भने, ‘२१ किलोमिटर लामो प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म छवटाको निर्माण सम्पन्न भएको छ भने २२ वटा टावर निर्माणाधीन अवस्थामा छ ।’ थपिएको म्यादअनुसार यही वर्षको पुस मसान्तसम्ममा काम सक्ने गरी पावर चाइना सेप्कोले रु ६० करोड लागतमा प्रसारण लाइन निर्माणको काम गरिरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीमा यसअघि नै रु एक अर्ब ८० लाखको लागतमा न्यू बुटवल सबस्टेसन निर्माण भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन भरतपुरसम्म जोड्ने योजना अधुरो बनेको थियो ।

‘प्रसारण लाइन निर्माण सम्पन्न भएपछि बुटवलबाट बर्दघाट, भरतपुर हुँदै पूर्वी नेपालसम्म उच्च क्षमताको गुणस्तरीय विद्युत् वितरण गर्न सकिने छ’, आयोजना प्रमुख मिश्रले भने, ‘यसबाट पूर्वी नेपालबाट पश्चिम नेपालसम्मै गुणस्तरीय विद्युत् विस्तारको क्षमता अभिवृद्धि हुने छ ।’

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : ४२ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक