पोखरा महानगर र कोइकाबीच रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर | Khabarhub Khabarhub

पोखरा महानगर र कोइकाबीच रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच पोखरामा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ ।

पोखरा महानगरपालिका र कोइकाबीचको समझदारीलाई बलियो बनाउँदै रोजगारी सिर्जनामा सघाउने उद्देश्यले पारस्परिक प्रतिबद्धतापत्रमा आज महानगरको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युनयङ्ग लीले हस्ताक्षर गरेका छन् ।

यसअघि समेत कोइका र महानगरपालिकाबीच परियोजनासम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेकामा हाल सो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको महानगरले जनाएको छ ।

प्रतिबद्धताअनुसार कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अपसाइकल (आरयु) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्नेछ । यसबाट महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयु उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।

यस्तै ग्रिन भेन्चर जोन ९जिभीजेड० स्थापना गर्ने र नयाँ तथा आरयु उद्यमहरूलाई व्यवसाय इन्क्युवेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । फोहरमैला सचेतनासम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजना महत्त्वपूर्ण हुने बताइन्छ । ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्न महानगरपालिकाले पोखराको वडा नं ६ वसुन्धरा पार्कमा पाँच हजार ९० वर्गमिटर क्षेत्रफल उपलब्ध गराउनेछ ।

हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो आरयु उद्यमहरूलाई बढावा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयु उद्यमहरूलाई बढावा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ ।

महानगर प्रमुख आचार्यले फोहरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यसलाई मोहरमा बदल्ने प्रयासस्वरूप हरित रोजगारी सिर्जनामा जोड्न लागिएको बताए । उनले भने “परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने फोहोरबाट मोहर आर्जन हुनेछ ।”

कोइकाका उपप्रमुख युनयङ्ग लीले यस परियोजनाले युवाहरूका लागि रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । फोहरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ८ : ५० बजे

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

पाल्पा – यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको