नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी प्रभाव, केही स्थानमा वर्षा हुने « Khabarhub

नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी प्रभाव, केही स्थानमा वर्षा हुने


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ६ : २३ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा