कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त, एमालेको समर्थन « Khabarhub

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त, एमालेको समर्थन


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीको पक्षमा कांग्रेसको शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना प्रदेश सांसदले सनाखत गरेपछि खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुख खापुङले बिहान ८ देखि दिउँसो २ बजेसम्मको समय दिएका थिए । तर कोशीको मुख्यमन्त्रीमा दाबी गरेका माओवादी केन्द्रका इन्द्र आङ्बो पक्षका सांसदहरू हस्ताक्षर सनाखत प्रक्रियामा सामेल भएका छैनन् ।

बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।  ९३ सदस्यीय कोसी प्रदेशमा बहुमतका लागि  ४७ सदस्य आवश्यक पर्दछ ।

कोशीमा आज बनेको सरकार संविधानको धारा १६८ (५) अनुसारको हो। यो सरकारले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनु पर्दछ । विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुनेछ । 

मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : ०८ बजे

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध