कमल थापाले राष्ट्रपतिलाई भने– ‘साझा हुन सक्नुभएन, राजीनामा दिनुहोस्’  « Khabarhub

कमल थापाले राष्ट्रपतिलाई भने– ‘साझा हुन सक्नुभएन, राजीनामा दिनुहोस्’ 


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कोसी प्रदेश सरकार गठनमा पक्षधरता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कोसी सरकार गठनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका केदार कार्कीले उम्मेदवारी दिएपछि त्यसलाई रोक्नका लागि राष्ट्रपति पौडेलले गरेको फोन संवादले राष्ट्रपति साझा नदेखिएको टिप्पणी गरेका हुन् ।

थापाले राष्ट्रपतिबाट प्रदेश सरकारका विषयमा एक पक्षको समर्थन गर्नुले राष्ट्रपति पार्टी राजनीतिमा संलग्न देखिएको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले भनेका छन्– ‘कोसी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ। पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन। तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : ३३ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,