एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्ने « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्ने


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

पाकिस्तानका बाबर आजम र भारतका रोहित शर्माले कप्तानी सम्हालेको आजको खेल निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आन्तरिक राजनीतिको कारण यी दुई देशले एसिया कप र विश्वकप मात्रै खेल्दै आएका छन् । त्यसैको कारण विश्व क्रिकेटमा सबैभन्दा बढी लोकप्रियताका साथ हेरिन्छ ।

भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलिया र अफगानिस्तानलाई हराएको छ भने पाकिस्तानले नेदरल्यान्ड्स र श्रीलंकालाई पराजित गरेको छ ।

भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ११ : ०० बजे

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र