थारू समुदायले ‘यमोसा’ पर्व मनाउँदै « Khabarhub

थारू समुदायले ‘यमोसा’ पर्व मनाउँदै


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपुर र चितवनका थारु समुदायले आज ‘यमोसा’ पर्व धुमधामका साथ मनाइरहेका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् । 

लोप हुने अवस्थामा पुगेकाले ’यमोसा’ पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुहरुले सामूहिकरुपमा नै पर्व मनाउन लागेको थारु कल्याणकारिणी सभापति ललित चौधरीले बताइन् । 

आदिमकालदेखि यहाँ थारू समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन् । 

थारू समुदायले मनाउँदै आएको महत्वपूर्ण चाडपर्वमध्ये ‘यमोसा’ पर्व पनि एक भएको मध्यबिन्दु नगरपालिका उपप्रमुख पूर्णकुमार चौधरीले बताए । 

यमोसा पर्व नवलपुर र चितवनका थारू समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारू समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन् । यमोसा पर्व सोह्र श्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारू समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् ।

दसैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारमा सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ । एक वर्षभित्र मरेका परिवारको सदस्यको जुठो आजकै दिन फुकाउने चौधरीले बताए ।

‘यमोसा’ पर्व यहाँका थारुले दुई दिनसम्म धुमधामसँग मनाउँछन् । यमोसाको अघिल्लो दिन अर्थात् चतुर्दशीलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको उपप्रमुख चौधरीको भनाइ छ ।

दोस्रो दिन अर्थात् आज औँसीको दिन बिहानै पुरुष आफूले दाभी (सिरु–कांस) काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । त्यसलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी उक्त सिरुको मुठा पिर्का वा कुर्चीमा राखेर पितृ स्थापना (पहुनी बेठोइ) गर्दछन् ।

पहुनीलाई विभिन्न प्रकारका फूलले शृङ्गार गरिन्छ । पहुनीमा घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, गुट्खा, सुर्ती, चुरोट, रक्सी (पितृले प्रयोग गर्ने अम्मलका वस्तुहरु) र पानी राखिन्छ । आजको दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाएर कुशे औँसीमा पुरोहितले काटेको कुश र पानीले पितृलाई तर्पण गर्दछन् ।

त्यसपछि आफ्नो क्षमताअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि यो एक वर्षभित्र परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने आजकै दिन बोका काटेर पितृलाई रगत चढाउने गरिन्छ । छाकी चढाएर सकेपछि मात्र खानपिन सुरु हुन्छ ।

आजको दिन बेलुकीपख केटाकेटीहरू समूह समूहमा मिलेर घरघरमा ‘यमोसा’ खान जाने गर्दछन् । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ११ : ३२ बजे

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

किभ – रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात

आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी

काठमाडौं– हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘घरकी मुर्गी दाल

सुदूरपश्चिम सरकारले अगाडि बढायो प्रादेशिक अस्पतालको स्तरोन्नति योजना

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति

कांग्रेसले छाया सरकार गठनको होइन : संसदीय दलका नेता आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया