सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छु : शेखर कोइराला | Khabarhub Khabarhub

सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छु : शेखर कोइराला


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा उनले कोसी प्रदेशमा सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धनलाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

तीन नेताबीच कोसी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ ।

एमालेले सत्ता गठबन्धनमा फुटको सुरुवात कोसी प्रदेशबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेका हुन्।

कोसीमा सत्ता गठबन्धनको निर्णयविरुद्ध शेखर पक्षका केदार कार्की आज मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी एमाले सांसदको समर्थनमा मुख्यमन्त्री भएका हुन् ।


 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १२ : १८ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ