घोराही-तुलसीपुर सडक चार लेन बनाइँदै « Khabarhub

घोराही-तुलसीपुर सडक चार लेन बनाइँदै


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छन् ।

आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने जानकारी दिइन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार घोराही–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको छ र भौतिक पूर्वाधारमन्त्रीसँग त्यसबारेमा छलफल भइसकेको छ । 

हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ । यसअघि पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ । बेलाबेलामा यो जीर्ण सडकमा सवारी दुर्घटना हुने गरेका छन् । 

मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातक तहको अध्यापनका लागि भवन निर्माण गर्न रु ३० करोड बजेट विनियोजन गरेको बताइन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १२ : ४७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको