अहिलेको व्यवस्थाका पक्षधर र विपक्षीबीच ध्रुवीकरण गरौँ : लिङ्देन « Khabarhub

अहिलेको व्यवस्थाका पक्षधर र विपक्षीबीच ध्रुवीकरण गरौँ : लिङ्देन


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कोसी प्रदेशमा कांग्रेस, एमाले र माओवादी मिल्नु राम्रो भएको बताएका छन् ।

कोसी प्रदेशमा कांग्रेसका प्रदेश सांसद केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले निरन्तर दिँदै आएको सुझावले सार्थकता पाएको बताए ।

अध्यक्ष लिङ्देनले घुमिफिरी सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको उल्लेख गर्दै अब अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षीहरू अर्कोतर्फ हुने बेला आएको बताए । 

उनले यस किसिमको ध्रुवीकरणलाई तीव्र पार्नुपर्ने बताउँदै आफूहरू विपक्षमा रहने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १ : ०० बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब