अहिलेको व्यवस्थाका पक्षधर र विपक्षीबीच ध्रुवीकरण गरौँ : लिङ्देन | Khabarhub Khabarhub

अहिलेको व्यवस्थाका पक्षधर र विपक्षीबीच ध्रुवीकरण गरौँ : लिङ्देन


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कोसी प्रदेशमा कांग्रेस, एमाले र माओवादी मिल्नु राम्रो भएको बताएका छन् ।

कोसी प्रदेशमा कांग्रेसका प्रदेश सांसद केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले निरन्तर दिँदै आएको सुझावले सार्थकता पाएको बताए ।

अध्यक्ष लिङ्देनले घुमिफिरी सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको उल्लेख गर्दै अब अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षीहरू अर्कोतर्फ हुने बेला आएको बताए । 

उनले यस किसिमको ध्रुवीकरणलाई तीव्र पार्नुपर्ने बताउँदै आफूहरू विपक्षमा रहने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १ : ०० बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले