शिक्षामा लगानी बढाउने मन्त्री राईको प्रतिबद्धता « Khabarhub

शिक्षामा लगानी बढाउने मन्त्री राईको प्रतिबद्धता


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। 

स्थानीय शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज आयोजित समारोहमा मन्त्री राईले उपलब्ध साधन र स्रोतको सीमाले भ्याएसम्म राज्यका तर्फबाट शिक्षामा लगानी गरिएको बताए । 

‘शिक्षा क्षेत्रमा जति लगानीको अपेक्षा गरिएको छ, त्यो हाम्रो अर्थतन्त्रको समस्या र सीमाले भ्याइरहेको छैन, कूल बजेटको कम्तीमा २० प्रतिशत रकम शिक्षामा लगानी हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि  हामीले यसपटक ११ दशमलव २७ प्रतिशत मात्रै लगानी गर्न सकेका छौँ’, उनले भने, ‘मुलुकको अर्थतन्त्रमा सुधार आउने बित्तिकै सरकारले शिक्षामा लगानी बढाउँछ ।’

शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री राईले आगामी दिनमा शिक्षामा गरिने लगानी बढाउन सरकारले विशेष ध्यान दिएको बताए। सीमित स्रोत साधनका कारण सरकारले चाहेर पनि शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्न नसकिरहेको उनको स्वीकारोक्ति थियो । 

मन्त्री राईले संसद्मा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई समयानुकूल बनाउन सबैको भूमिका महत्वपूर्ण भएको बताए। शिक्षक महासङ्घसँग परामर्श गरी मस्यौदा गरिएको जानकारी दिँदै उनले सरकारका तर्फबाट आन्दोलनरत शिक्षकसँग समझदारीसमेत गरिएको बताए। उनले विधेयक सदनबाट पारित भएपछि  सार्वजनिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षक तथा विद्यालय कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था बाँकी नरहने दाबी गरे । 

‘गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्नसक्ने ऐन बनाउन त्यसको मस्यौदा सदनमा पेस भइसकेको छ । शिक्षा विधेयकलाई उपयुक्त ऐनका रुपमा ल्याउने जिम्मेवारी सांसदमा निहित छ । सो विधेयकलाई समयानुकूल बनाउन म पनि क्रियाशील हुनेछ’, मन्त्री राईले भने । 

नेपाली काङ्ग्रेसका ससांसद प्रदीप पौडेलले सबै नागरिकको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सरकारले सामुदायिक विद्यालयको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । 

सार्वजनिक शिक्षाप्रति राज्य गम्भीर हुनुपर्छ भन्दै सांसद पौडेलले शैक्षिक पूर्वाधार र जनशक्ति व्यवस्था गर्न सरकार तयार हुनुपर्ने सुझाव दिए । ‘सार्वजनिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै छ, यस क्षेत्रमा राज्यले पनि लगानी बढाउनुपर्छ’, उनले भने । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १ : ०६ बजे

महाकाव्यकार दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ

एनपीएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: प्रतिस जिसी

काठमाडौं – विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग

एसियन कप छनोटः नेपाल सिरियासँग पराजित

काठमाडौं – एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको आफ्नो उद्घाटन

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच वार्ता, आन्दोलन स्थगित गर्ने सहमति

काठमाडौं – सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान