कतारमा गैरआवासीय नेपाली तारा २०२३ हुने  « Khabarhub

कतारमा गैरआवासीय नेपाली तारा २०२३ हुने 


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा गैरआवासीय नेपाली तारा २०२३ हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र तमु गुरुङ समाज कतारको संयुक्त आयोजनामा गैरआवासीय नेपाली तारा २०२३ हुन लागेको हो । 

‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौँ भन्ने नाराका साथ राष्ट्रिय आविश्कार केन्द्रको सहयोगार्थ गैरआवासीय नेपाली तारा २०२३ हुने शुक्रबार दोहामा एक पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । 

गायन र नृत्य विधा गरी दुई चरणमा हुने कार्यक्रम सन २००८ देखि सुचारु गरिएको र अहिले चौथो चरणमा आइपुगेको जनाएको छ । पहिलो अडिशन नोभेम्बर २४ बाट सुरु हुनेछ । गैर आवासीय नेपाली तारा २०२३ को विजेताले पाँच हजार कतारी रियाल पुरस्कार पाउने छन्।

त्यसैगरी उप बिजेताले चार हजार २ सय रियाल र दोस्रो हुने गायन र नृत्य दुबै विधाको प्रतियोगिलाई ७५-७५ हजार नेपाली रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट गायन र उत्कृष्ट नृत्यबाट ‘चौथो गैर आवासीय नेपाली तारा २०२३’ घोषणा गरिने कार्यक्रमको पहिलो अडिशनबाट गायन र नृत्यबाट ४०-४० जना उत्कृष्ट प्रतियोगीहरूको छनोट गरिनेछ। 

८ डिसेम्बरमा दोस्रो र २२ डिसेम्बरमा तेस्रो अडिशन हुनेछ। नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका कलाकारहरूमाझ हुने कार्यक्रमको ग्राण्ड फिनाले २०२४ को फेब्रुअरी २ तारिखमा हुनेछ। प्रवासमा लुकेरा बसेको कलालाई उजागर गर्ने अभियान ।।

कार्यक्रममा भाग लिन निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको