कतारमा गैरआवासीय नेपाली तारा २०२३ हुने  « Khabarhub

कतारमा गैरआवासीय नेपाली तारा २०२३ हुने 


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा गैरआवासीय नेपाली तारा २०२३ हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र तमु गुरुङ समाज कतारको संयुक्त आयोजनामा गैरआवासीय नेपाली तारा २०२३ हुन लागेको हो । 

‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौँ भन्ने नाराका साथ राष्ट्रिय आविश्कार केन्द्रको सहयोगार्थ गैरआवासीय नेपाली तारा २०२३ हुने शुक्रबार दोहामा एक पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । 

गायन र नृत्य विधा गरी दुई चरणमा हुने कार्यक्रम सन २००८ देखि सुचारु गरिएको र अहिले चौथो चरणमा आइपुगेको जनाएको छ । पहिलो अडिशन नोभेम्बर २४ बाट सुरु हुनेछ । गैर आवासीय नेपाली तारा २०२३ को विजेताले पाँच हजार कतारी रियाल पुरस्कार पाउने छन्।

त्यसैगरी उप बिजेताले चार हजार २ सय रियाल र दोस्रो हुने गायन र नृत्य दुबै विधाको प्रतियोगिलाई ७५-७५ हजार नेपाली रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट गायन र उत्कृष्ट नृत्यबाट ‘चौथो गैर आवासीय नेपाली तारा २०२३’ घोषणा गरिने कार्यक्रमको पहिलो अडिशनबाट गायन र नृत्यबाट ४०-४० जना उत्कृष्ट प्रतियोगीहरूको छनोट गरिनेछ। 

८ डिसेम्बरमा दोस्रो र २२ डिसेम्बरमा तेस्रो अडिशन हुनेछ। नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका कलाकारहरूमाझ हुने कार्यक्रमको ग्राण्ड फिनाले २०२४ को फेब्रुअरी २ तारिखमा हुनेछ। प्रवासमा लुकेरा बसेको कलालाई उजागर गर्ने अभियान ।।

कार्यक्रममा भाग लिन निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : ५६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस