प्रधानसेनापति शर्मा स्वदेश फिर्ता « Khabarhub

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले स्वागत गरे ।

बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सको औपचारिक निमन्त्रणामा यही असोज २१ गते उनी त्यसतर्फ प्रस्थान गरेका थिए । बेलायत भ्रमणका दौरान प्रधान सेनापतिले आफ्ना बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरेका थिए ।

त्यस्तै, उनले रोयल कलेज अफ डिफेन्स स्टडिज तथा रोयल मिलिटरी एकेडेमीको भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका कमान्डन्टहरुसँग भेट गरेका थिए। त्यस्तै उनले ब्रिगेड अफ गुर्खाजको हेडक्वार्टर को समेत भ्रमण गरेका थिए ।

यसैगरी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधान सेनापतिको सम्मानमा नेपाली राजदूतावासमा आयोजना गरेको रात्रिभोजमा सरिक भए । यसअघि उनले वेल्स, ब्रेकनस्थित सेनीब्रिज ट्रेनिङ एरियामा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल अभ्यासमा सहभागी विभिन्न देशका सैनिक टोलीहरूलाई पुरस्कार वितरण समारोहमा सरिक भई पदक तथा प्रमाणपत्र वितरण गर्नुका साथै उक्त प्रतिस्पर्धात्मक अभ्यासमा सहभागी नेपाली सेनाको टोलीसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : २४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल