प्रधानसेनापति शर्मा स्वदेश फिर्ता « Khabarhub

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले स्वागत गरे ।

बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सको औपचारिक निमन्त्रणामा यही असोज २१ गते उनी त्यसतर्फ प्रस्थान गरेका थिए । बेलायत भ्रमणका दौरान प्रधान सेनापतिले आफ्ना बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरेका थिए ।

त्यस्तै, उनले रोयल कलेज अफ डिफेन्स स्टडिज तथा रोयल मिलिटरी एकेडेमीको भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका कमान्डन्टहरुसँग भेट गरेका थिए। त्यस्तै उनले ब्रिगेड अफ गुर्खाजको हेडक्वार्टर को समेत भ्रमण गरेका थिए ।

यसैगरी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधान सेनापतिको सम्मानमा नेपाली राजदूतावासमा आयोजना गरेको रात्रिभोजमा सरिक भए । यसअघि उनले वेल्स, ब्रेकनस्थित सेनीब्रिज ट्रेनिङ एरियामा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल अभ्यासमा सहभागी विभिन्न देशका सैनिक टोलीहरूलाई पुरस्कार वितरण समारोहमा सरिक भई पदक तथा प्रमाणपत्र वितरण गर्नुका साथै उक्त प्रतिस्पर्धात्मक अभ्यासमा सहभागी नेपाली सेनाको टोलीसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : २४ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि