मुम्बई र कलकत्तामा क्रिकेट प्रेमीको ध्यान | Khabarhub Khabarhub

मुम्बई र कलकत्तामा क्रिकेट प्रेमीको ध्यान

विश्वकप : सेमिफाइनलमा भारत र न्युजील्यान्ड, दक्षिण अफ्रिका र अस्ट्रेलियाको प्रतिस्पर्धा


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

भारतले न्युजील्यान्डसँगको पछिल्लो चार नकआउट भेटमा पराजयको सामना गरेको छ। पछिल्ला तीन विश्वकप मध्ये एक पटक न्युजील्यान्ड भारतसँगको हारले बाहिरिएको छ विगत न्युजील्यान्डको पक्षमा देखिए पनि अहिले भारतको फर्म हेर्दा यो सम्भावना कम देखिन्छ।

पहिलो चरणमा खेलिएका नौ खेलमा नै जित हात पार्दै भारत सेमिफाइनल प्रवेश गरेको हो। जब कि न्युजील्यान्ड चार खेलमा पराजयको सामना गर्दै नेट रन रेटको आधारमा सेमिफाइनल प्रवेश गरेको हो।

अर्को सेमिफाइनलअस्ट्रेलिया र दक्षिण अफ्रिका बिचमा हुनेछ। यी दुई अस्थिर टोलीको बिचको अनुमान गर्न साँच्चै कठिन हो। पछिल्लो समयको परिणाम हेर्दा दक्षिण अफ्रिका हाबी हुने देखिए पनि विश्वकपमा दक्षिण अफ्रिकाको प्रदर्शन तथा महत्त्वपूर्ण समयमा चुक्ने विगतको कारण अस्ट्रेलियासँगको खेल सहज हुने कुनै आधार नै छैन।

बंखाडे रङ्गशालामा हुने खेलमा टस र पहिलो ब्याटिङ पक्कै महत्त्वपूर्ण हुनेछ। पहिले ब्याटिङको रन औसत ६ विकेटको क्षतीमा ३ सय ५७ छ भने पछि ब्याटिङको औसत नौ विकेटको क्षतीमा १ सय ८८ रन छ। यसको कारण प्रस्ट छ, बत्तीमा बल धेरै स्वीङ हुने गरेको छ।

पहिलो चरणमा खेलिएका नौ खेलमा नै जित हात पार्दै भारत सेमिफाइनल प्रवेश गरेको हो। जब कि न्युजील्यान्ड चार खेलमा पराजयको सामना गर्दै नेट रन रेटको आधारमा सेमिफाइनल प्रवेश गरेको हो।

म्याक्सवेलले एक दोहोरो शतक भने अपवाद नै हो। पहिले ब्याटिङको औसत पहिलो पावर प्ले स्कोर एक विकेटको क्षतिमा ५२ रन हो। दोस्रो ब्याटिङका पावर प्ले औसत ४ विकेटको क्षतीमा ४२ रन छ।

म्याक्सवेलको ब्याटिङबाट एउटा नयाँ रणनीति बनेको छ। टस हारिएमा पहिलो १५ ओभर टेस्टको झैँ ब्याटिङ गर्ने तथा त्यसपछि आक्रामक हुने रणनीति उपयुक्त हुन सक्छ। १५ ओभर स्वीङ हुन छाड्ने र २० ओभर पछि साँझको समयमा भन्दा ब्याटिङ सहज हुनसक्छ। यस कारण रोहित शर्माले पछिपछि ब्याटिङ गरेमा अहिले सम्मको झैँ ब्याटिङ गर्ने सम्भावना कम छ।

यसैगरी न्युजील्यान्डको प्रारम्भिक जोडीले पनि त्यसै गरी ब्याटिङको सम्भावना कम छ। यस पटक भारतीय टोलीको बलिङ इतिहासकै आकर्षक मानिएको छ। तथापि अहिले चासो रवीन्द्र जडेजामा हो। जडेजाले १० ओभर नै बलिङ गरेर कुनै विकेट नलिएको खेल न्युजील्यान्डसँग नै हो। न्युजिल्यान्डको शीर्ष ६ मा तीन जना बायाँ हाते ब्याट्सम्यान छन्। साथै तीनलाई माइकल सान्टानरले पछ्याएका छन्।

भारतले जडेजालाई बल दिनु अगावै दुई प्रारम्भिक ब्याट्सम्यान आउट गर्ने प्रयास गर्नेछ। अर्को तर्फ रविचन्द्र आश्विन या हार्दिक पाण्डेलाई टोलीमा राख्ने बारे पनि बहस हुनसक्छ।

न्युजील्यान्डमा चार विशेषज्ञ बलर हुनेछन्। तर, बलिङ विकल्प भने धेरै हुन सक्छन्। भारतको शीर्ष क्रममा बायाँ हाते नभएका कारण ग्लेन फिलिप्सले भन्दा रचिन रविन्द्रले बढी अवसर पाउन सक्नेछन्।

सान्टनरले गत विश्वकपको सेमिफाइनलमा १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चेर २ विकेट लिएका थिए। यस विश्वकपको पहिलो चरणमा १० ओभरमा ३७ रन खर्चेर एक विकेट लिए। उनले यो विश्वकपमा लिएका १६ मध्येका १५ विकेट दायाँ हाते ब्याट्सम्यानका हुन्। यस कारण भारतसँग उनी उपयोगी हुन सक्छन्।

न्युजील्यान्डमा चार विशेषज्ञ बलर हुनेछन्। तर, बलिङ विकल्प भने धेरै हुन सक्छन्। भारतको शीर्ष क्रममा बायाँ हाते नभएका कारण ग्लेन फिलिप्सले भन्दा रचिन रविन्द्रले बढी अवसर पाउन सक्नेछन्।

रोहितको विस्फोटक सुरुवातले विराट कोहलीलाई दबाब मुक्त बनाउँदै आएको छ। त्यस कारण कोहलीलाई दबाब दिन रोहितलाई चाँडो आउट गर्नु नै उपयुक्त विकल्प हो। रोहितले सर्ट बलमा धेरै हुक गर्ने गरेका छन्। यसले बलर खर्चिलो पनि हुनसक्छ। तर विकेटको सम्भावना पनि त्यत्तिकै छ।

सन् २०१५ मा दक्षिण अफ्रिकामै जन्मिएका ग्रान्ट इलियटले सोही टोलीलाई विश्वकपबाट बाहिर पठाउँदै न्युजिल्यान्डलाई फाइनल प्रवेश गराएको हृदय विदारक दृश्य उनीहरूलाई अझै याद छ, आठ वर्ष पछिको सेमिफाइनलमा त्यसै टोलीका दुई खेलाडी टोलीमा सहभागी छन्। प्रारम्भिक ब्याट्सम्यान क्वीनटन डिकक र डेभिड मिलर अहिले टोलीमा छन्।

स्टेनकै विचारमा यदि सेमिफाइनलमा अस्ट्रेलियालाई हराउन सकेमा फाइनलमा दक्षिण अफ्रिका हाबी हुन सक्ने छ। दक्षिण अफ्रिकाको यस विश्वकपको यात्रा फरक थियो। स्वतः विश्वकप खेल्ने अन्तिम टोलीको रूपमा दक्षिण अफ्रिका हो। अर्थात् आठौँ टोलीको रूपमा दक्षिण अफ्रिका यस विश्वकपमा प्रवेश भएको हो। तसर्थ अन्डर डग कै रूपमा दक्षिण अफ्रिका विश्वकपमा सहभागी भएको हो।

स्टेनकै विचारमा यदि सेमिफाइनलमा अस्ट्रेलियालाई हराउन सकेमा फाइनलमा दक्षिण अफ्रिका हाबी हुन सक्ने छ। 

अहिले सेमिफाइनलमा इतिहासकै मुख्य प्रतिस्पर्धी अस्ट्रेलियासँग दक्षिण अफ्रिकाको भिडन्त हुँदैछ। दुई साता अघि रग्बी विश्वकपको उपाधि जितेको दक्षिण अफ्रिकाका लागि सायद यो खुसी त्यस भन्दा बढी हुने छ। सन् २००८ मा राफेल नाडालले पहिलो पटक विम्बल्डन जित्दा सोही ट्रफीका साथ युरो कप फुटबलको फाइनल ट्रफी बोक्न पुगेका थिए।

सन् २०१६ को मध्य यता दक्षिण अफ्रिका र अस्ट्रेलिया बिच २० खेल भएका छन्। त्यसमा १६ खेलमा जित हता पार्नु दक्षिण अफ्रिकाकै लागि पक्कै महत्त्वपूर्ण हो। अस्ट्रेलिया यसैमा हार मान्ने पक्षमा छैन। विश्वकपको सुरुवातमा अस्ट्रेलिया भन्दा दक्षिण अफ्रिका सही लयमा भए पनि अहिले त्यस्तो छैन। अस्ट्रेलियाले लय लिएको छ। तसर्थ कलकत्तामा बिहीबार हुने खेलमा दुवै टोलीको जितको सम्भावना बराबरी मानिएको छ।
स्रोतः क्रिकइन्फो

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ८ : ३५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि