‘टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको उल्लघंन’ « Khabarhub

‘टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको उल्लघंन’


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लघंन भएको विभिन्न सरोकारवालाहरूले बताएका छन् । नेपालमा टिकटक प्रयोगमा रोक लगाउने सरकारको निर्णयपछि एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।

डिजिटल फ्रिडम कोअलिसन, डिजिटल राइट्स नेपाल, सेन्टर फर मिडिया रिसर्च, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत करिब ३० ओटा संघसस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको कदम अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाएको तर्क गरेका छन् । 

त्यस्तै उनीहरूले विज्ञप्तिमार्फत सरकारलाई यस निर्णयमा पुनर्विचार गर्न र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक रूपमा संरक्षित अधिकारलाई हनन् नगरी सबै सरोकारहरू सम्बोधन गर्ने वैकल्पिक उपायहरू खोज्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ८ : ३१ बजे

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ

हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर

मनाङ– हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र

उमेश यादव भन्छन् : रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाएरै छाड्छु

राजविराज- जनता समाजवादी नेपालका नेता उमेश कुमार यादवले जस्तोसुकै सङ्घर्ष