‘टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको उल्लघंन’ « Khabarhub

‘टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको उल्लघंन’


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लघंन भएको विभिन्न सरोकारवालाहरूले बताएका छन् । नेपालमा टिकटक प्रयोगमा रोक लगाउने सरकारको निर्णयपछि एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।

डिजिटल फ्रिडम कोअलिसन, डिजिटल राइट्स नेपाल, सेन्टर फर मिडिया रिसर्च, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत करिब ३० ओटा संघसस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको कदम अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाएको तर्क गरेका छन् । 

त्यस्तै उनीहरूले विज्ञप्तिमार्फत सरकारलाई यस निर्णयमा पुनर्विचार गर्न र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक रूपमा संरक्षित अधिकारलाई हनन् नगरी सबै सरोकारहरू सम्बोधन गर्ने वैकल्पिक उपायहरू खोज्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ८ : ३१ बजे

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी

काठमाडौं- पश्चिम एशियामा द्वन्द्व बढ्दै जाँदा इरानले बिहान इजरायलका विभिन्न

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

कांग्रेसबाट १५ महिला र ५ पुरुष समानुपातिक सांसद बन्दै, आयोगमा पठाइयो नाम

काठमाडौं– नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन