बडहरे खोलामा मोटरेवल पुल निर्माण « Khabarhub

बडहरे खोलामा मोटरेवल पुल निर्माण


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा बडहरे खोला मोटरेवल पुल निर्माण सम्पन्न भएको छ ।

नगरपालिकाको वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेवल पुल शिलान्यास  भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए।

तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने दूधपोखरी मार्गमा पर्ने बडहरे खोलामा रु तीन करोड ६३ लाखको लागतमा मोटरेवल पुल निर्माण सम्पन्न भएको उनले बताए । 

सम्झौताअनुसार ठेकेदार कम्पनीले विसं २०७५ मा नै पुलभित्रै पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ढिला गरी निर्माण सम्पन्न गरेको प्रमुख खड्काले जानकारी दिए। तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले पटकपटक गरी चार पटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ । 

कूल १८ दशमलव ५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएपछि अहिले त्यस क्षेत्रका स्थानीयवासीलाई समेत सजिलो भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ९ : ४३ बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा