तिहारको रमझम र यमपञ्चकको महत्त्व | Khabarhub Khabarhub

तिहारको रमझम र यमपञ्चकको महत्त्व



हामी दसैँ पछिको दोस्रो ठुलो चाड दीपावली अर्थात् तिहारको रमझममा छौँ। तिहार यमपञ्चकको विभिन्न विधि अनुसार पाँच दिन मनाइन्छ। तिहारमा काग, कुकुर, गाई, गोरु, समग्र प्रकृति र भाइको पूजा गरिन्छ। यमपञ्चकको पाँच दिन त्यसमा पनि बेग्लाबेग्लै पूजा परम्परा र यसको धार्मिक सांस्कृतिक महत्त्वका विषयमा जोडिएर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका उपाध्यक्ष प्रा. डा. देवमणि भट्टराईसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

तिहारको विषयमा अहिलेको पुस्तालाई कसरी बुझाउने ? काग तिहारदेखि भाइ टीकासम्म तिहार के हो ?
यमपञ्चकको पाँच दिन हामीले दीप प्रज्वलन गर्नुपर्छ। त्यसैले यमपञ्चक भनेको यमराजसँग सम्बन्धित पर्व हो। त्यसकारण हामीले यो लोकको सुख सम्पत्ति भोगको साथै परलोकको लागि पनि केही होस्, यो लोकमा मात्र हाम्रो जीवन यतिमा सीमित छैन भन्ने सङ्केत तिहार पर्वले गरेको छ। त्यसैले हामी यम दीप दान गर्छौँ, काग तिहार मनाउँछौँ, धन्वन्तरीको पूजा गर्छौँ। त्यसपछि चतुर्दशीको दिन आयुर्वेदका प्रवर्धक धन्वन्तरीले हामीसँग भएका जडीबुटीको उपयोग के हो ? प्रकृति र मानवबीचको सम्बन्ध के हो ? तिम्रो उपचारको विष पनि यही छ र अमृत पनि यही छ। यी कुराहरूलाई जान्यो भने वा हाम्रा जडीबुटी सामान्य देखिए पनि उपकारी छन् है भनेर धन्वन्तरी जयन्तीले सन्देश दिन्छ। कुकुर पूजा, यमराजसँग गएर जोडिन्छ। कागले हामीलाई सन्देश बाहकको रूपमा र यमलोकमा हामीले यहाँ गरेको राम्रा नराम्रा कुराको सन्देश लैजाने काम गर्छ भनेर मनाउँछौँ। लक्ष्मी पूजाको कुरामा विद्या दुई प्रकारका छन्। एउटा परा विद्या छ अर्को अपरा विद्या छ। अपरा विद्याले हामीलाई यहाँ अलोकिक सुख दिने कुराहरू भयो, परा विद्याले हामीलाई सनातन धर्मले मान्छे एक पटक जन्मिएर उसको इतिश्री हुँदैन।

मान्छे वा कुनै पनि जीव प्राणी जन्मेपछि यहाँ केही गर्छ, यो एक युगमा हामीले आर्जन गरेका कुरा अर्को युगको लागि पनि हुन्छन्। असारमा रोपेको धान मंसिरमा भित्र्याएर वर्षभर खाए जस्तै हामीले मानव योनीमा सबै कामहरू परलोकका लागि पनि हुन् भन्ने सङ्केत लक्ष्मी पूजाले गर्छ। यो लोकमा आवश्यक पर्ने धन सम्पत्ति ऐश्वर्य दिने पनि लक्ष्मी माता हुन्। सरस्वतीले विद्या बुद्धि विवेक दिए जस्तै र लक्ष्मीले दिएको धन सम्पत्तिले यो लोक सम्पन्न हुन्छ। त्यत्तिले मात्र सीमित होइन, परा विद्या पनि तिमीले आर्जन गर्यौं भने लक्ष्मी माता भनेको पारलौकिक सुखकी धनदेवी हुन्। जसले यो लोक छोडेर गएपछि परलोकको पनि सुख पाउने छौँ भनेर लक्ष्मीको पूजा गर्छौँ।

गाईको पूजा पनि हामी गर्छौँ। आमाको दूध त हामीले सानोमा खान्छौँ। सय वर्षको आयु बाच्दा उसले ९७ वर्ष गाईको दूध खान्छ। गाईको दूधमा भोक जगाउने क्षमता हुन्छ। पोषण तत्त्व छ। बुद्धि विवेक र बल प्राप्त गराउने गाईको दूध हो। स्वाभाविक रूपमा जसले पाल्यो उसले गाईको दूध खाएर आफ्नो बुद्धि बढाउन सक्छ।
गाईले खाएको घाँसबाट औषधिय गुण प्राप्त हुन्छ, जसले हामीलाई शक्ति प्राप्त हुन्छ। यस्तो प्रकारको अत्यन्त महनीय गुण भएको गाईको पूजा गर्छौँ।

अर्को, गाई पूजा यमसँग पनि सम्बन्धित छ। हामीले दान धर्म गर्दा गाई दान गर्छौँ। अनि त्यो गाई दान गरेर वैतणी नदी तर्ने भन्ने प्रसङ्ग आउँछ। पौराणिक कुरामा। जनै पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने विश्वास गरिन्छ।

तिहारमा गोरुको पनि पूजा गर्छौ। गोरुले पनि वर्ष भरी जोतेर हामीलाई सहयोग गर्छ। अहिले विभिन्न प्रकारका ट्रयाक्टर आए तर सनातन धर्मले युग युगको लागि अहिलेको भौतिक सुखका लागि यो वर्ष मेरो काम चलिहाल्यो। हामीसँग गाई गोरु भए भने त्यसले हामीलाई खान दिन्छन्। त्यसैले एकदम विशालतम् सोच भित्रको सनातन धर्म हो। त्यसैले हामीले गोरुको पूजा गर्छौँ।

गाई, गोरुसँगै एउटा कथा प्रसङ्ग जोडिएर गोवर्द्धन पर्वत पूजाको प्रसङ्ग पनि आउँछ। गोवर्धन पर्वतको कुरामा द्वापर युगमा हामीले इन्द्रको पूजा गर्ने कि गोवर्द्धनको पूजा गर्ने भनेर श्रीकृष्णले प्रश्न खडा गर्नुभएको छ।

अर्को हली तिहार भन्ने छ। पहिला हलीलाई वर्ष दिनसम्म एउटा करार गरेको हुन्थ्यो। त्यसकारण उसलाई पूजा गर्ने सम्मान गर्ने उसको चाडपर्वमा सहयोग गर्ने भनेर त्यसको सम्मान पूजा गर्ने परम्परा हाम्रो हो। त्यसै दिन कार्तिक शुक्ल प्रतिपदामा नेवार समुदायमा म्हः पूजा हुन्छ। यसको छुट्टै महत्त्व छ।

नेपाल संवत् कहाँबाट सुरु हुन्छ र यसको पृष्ठभूमि र ऐतिहासिकता के हो ?
अब शंखधर साख्वाको प्रसङ्ग जोडेर उहाँले बढुवा मजदुरहरूलाई छोडाएर स्वतन्त्र गरेको कारणले हामी स्वतन्त्र छौँ भन्ने भएको हो। नयाँ थिमीमा शंखधर साख्वाको सालिकमा बाजा बजाउने र्याली गर्ने गरिन्छ।

भाइटीकाको विधि परम्परा, भाइटीकामा चाहिने साधनको महत्त्व के हो ?
अहिले नयाँ पिँढीले स्रोत नभएको कारणले यी पर्वको महत्त्व के हो ? तिहारमा यी कुराहरू किन गरी राखेका छन् भनेर मनन गर्नको लागि साना बालबालिकामा उत्सुकता हुन्छ। त्यो उत्सुकतालाई प्रोत्साहन गर्ने कुराहरू हामीले नपाएको जस्तो लाग्छ किनभने उनीहरूलाई जानकारी दिन मूल मुहान स्रोत र ज्ञान चाहियो। त्यो नभएको कारणले उनीहरू विरक्त भएका छन्। भाइटीकाको त रोचक प्रसङ्ग छ। दिदी भाइको सम्बन्धका कुराहरू छन्। मान्छेलाई सम्मानको दृष्टिकोणमा दिदी भाइबीचको कस्तो सम्बन्ध हुनुपर्छ भनेर राखेको देखिन्छ।

लक्ष्मी पूजाको दिनमा दियो कलश स्थापना गरिन्छ। त्यही दियो कलश ल्याएर भाइलाई राखेर विधि अनुसार दिदी-बहिनीले दाजु-भाइको र दाजु-भाइले दिदी-बहिनीको प्रार्थना गर्छन्। ऐश्वर्य धन धान्यको कामना दाजु-भाइको प्रार्थना गर्ने र दाजु-भाइले दिदी-बहिनीको दीर्घायुको कामना गरेर छेक्ने, ओखर फुटाउने, तेलको घेराले छेक्ने त्यसको पनि यामराजसँगै सम्बन्धित छ। सुख्खा फूलले भाइलाई पूजा गर्ने र बिमिरोमा यमराजको पूजा गरेको हुन्छ। त्यसलाई बाहिर लगेर राख्ने र ओखर फुटाएर ढोका बन्द गरेर पूर्व पश्चिम फर्केर टीका लगाउन बस्ने हो। सप्तरङ्गी टीका लगाइ दिने गर्छौं। त्यो सप्तरङ्गी टीकाको पनि आफ्नै महत्त्व विशेषता छन्। यो तिहार भरी जति देवताको पूजा गर्छौँ त्यसलाई एउटा एउटा रङ्गको रूपमा हेर्छौँ र त्यसपछि माला लगाइदिन्छौँ। मखमलीको माला यसको रङ्ग कहिल्यै परिवर्तन हुँदैन। सयपत्री मखमलीका मालाहरू दाजुभाइले दिदी बहिनीलाई र दिदी बहिनीले दाजु भाइलाई लगाइ दिने शास्त्रीय मान्यता छ।

देउसी, भैलो पछि अंगिकार गरिएको हो ? कि पहिला नै थियो ?
देउसीको परम्परा बली राजासँग जोडिदिएको छ। एक जना राजा थिए, बली भन्ने। उनी अति नै दानी थिए। प्रत्येक दिन दान गरेर मात्र उनी आफू भोजन गर्थे। उनको यो पुण्यको कामले ठुलो ख्याती पायो। उनको प्रतापले स्वर्ग लोक हल्लिन थाल्यो। त्यसपछि देवताहरू भगवान् विष्णुलाई गुहार्न पुगे, बलीलाई दमन गर्नका लागि। विष्णुले वामन (बाहुन्ने) को रूप धारण गरे बलीलाई छल्न पुगे। तिमीले दुई पाउ जमिन राखी देऊ त्यसको तीन पाउ जमिन दिन्छु भनेका थिए भनेर ब्राहमणसँग भन्दा ब्राहमणले अब के दिउँ भन्दा देवशिर भन्ने अर्थ पनि गर्छन्। त्यसैले देउसी खेल्ने गरियो। गोबरले लिपेको भनेर रमाइलो गर्ने प्रसङ्ग छ। त्यसैगरी हर तिहारमा जुवा खेल्ने पनि प्रचलन छ। एउटा कोजाग्रत पूर्णिमामा जुवा खेल्ने र अर्को तिहारको दिनमा घरका परिवारका मान्छेले जुवा खेल्ने र जसले जित्छ त्यसैले घरको व्यवहार चलाउने प्रचलन छ।

अन्तिम दिनमा भाइको पूजा गर्ने र राति यमराजलाई दीप दान गरेर तिहारलाई बिसर्जन गरिन्छ। टाढाका दिदी-बहिनी आउने, रमाइलो गर्ने, घर सफा गर्ने सबै तिहारमा जोडिएर आउँछ।

यस्ता परम्पराका संरक्षण गर्ने सन्दर्भमा राज्यको भूमिका के हुनुपर्छ ?
जुवा खेल्ने भनेको एक दिन हो। त्यसका लागि शास्त्रीय रूपमा नै घर व्यवहारमा कसको हातमा सहज छ भनेर खेल्ने हो। सधैँ भरी जुवा तास खोल्नुपर्छ भन्ने शास्त्रीय मान्यता होइन। राज्यले चाडपर्वमा समय तोक्ने परिबन्द गर्ने गर्छ। स्रोत साधन के छन् भन्ने खालको पहिचान नभएर नयाँ पुस्ताले केही सिक्न पाएनन्। बिहानदेखि बेलुकासम्म बच्चा स्कुलमा हुन्छन्। त्यहाँ पनि सिकाइदैन र घरमा पनि सिकाउन पाइँदैन। सिक्ने समय नै भएन। धर्म संस्कृति परम्पराका कुराहरू पुस्तकमा पनि राखिएन। यसले गर्दा हाम्रा सांस्कृतिक परम्पराको परिचय नै गुम्न सक्ने परिस्थिति आएको छ।

यमपञ्चकसँग जोडिएका केही मन्त्र छन् ?
दिदी-बहिनीले दाजुभाइलाई प्रार्थना गर्ने मन्त्रः
प्रीतये यमराजस्य यमुनाया विशेषतः।।
यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात्।
तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि।।
भनिएको छ यसको अर्थ यमराजको पुजन गर्नाले उसको आयु आरोग्य सबै कुरा मेरो भाइको बढुन् निरोगी होस् मूर्खपन काँही पनि नआओस् भनेर बहिनीले प्रार्थना गरेपछि भाइले:
आयुर्लक्ष्मीर्यशोधैर्यं निर्भयत्वमरोगिता।
वाक्पटुत्वमजाङ्यञ्च जायतां तव सर्वदा।।
हे दिदी बहिनी तिम्रो आयु लक्ष्मी धनधान्य पशु सबै पूजा गर्नाले प्राप्त होस्। तपाईँको पति पुत्र धन ऐश्वर्य कुरा सधैँ हुन्। तपाईं हाम्रो दाजुभाइ दिदीबहिनीको सम्बन्ध यो जन्म र अर्को जन्ममा पनि भइरहोस् भनेर यसरी प्रार्थना गरेर यमराजको भयबाट निवारणको लागि यसरी प्रार्थना गरेको पाइन्छ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १० : ०५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र