भाइटीकाको दिन मौसम कस्तो रहला ? « Khabarhub

भाइटीकाको दिन मौसम कस्तो रहला ?


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तिहारको भाइटीकाको दिन मौसम सामान्यतया सफा नै रहने देखिन्छ”, मौसमविद मानन्धरले भनिन् । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ ।

सङ्घीय राजधानी काठमाडौँमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ । उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम सफा रहनेछ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलि कात्तिक २९ गते कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समभावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ३ : ४५ बजे

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६