भारतीय बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ « Khabarhub

भारतीय बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् हो ।

बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कका अनुसार आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ । यो कलेक्सन दिवालीमा कुनै भारतीय फिल्मको उच्च कमाइ रहेको जनाइएको छ ।

यसअघि दिवालीमै रिलिज भएको शाहरुख खानको ‘जब तक है जान’ ले १२.६० करोड नेट भारु र अजय देवगणको ‘सन अफ सरदार’ ले ९.३० करोड भारुको ओपनिङ गरेका थिए । यी दुई फिल्मको संयुक्त कलेक्सन जोड्दा २२ करोड भारु हुन आउँछ । सन् २०१२ मा यी दुई फिल्म एकैदिन रिलिज भएका थिए ।

ऋतिक रोशनको दिवाली रिलिज ‘कृष ३’ ले १५ करोड भारु कमाउँदै उक्त समयमा सर्वाधिक ओपनिङ गर्ने फिल्मको रेकर्ड राखेको थियो । हिन्दी संस्करणमा मात्र ४२ करोड भारु कमाएको ‘टाइगर ३ ’ले तमिल र तेलुगू भाषा जोड्दा थप तीन करोड अतिरिक्त कमाएको छ ।

यसअघि इदमा रिलिज भएको सलमान खान स्टारर ‘भारतले’ ले ४२.३० करोड भारु कमाएको थियो । तर ‘टाइगर ३’ को कमाइ शाहरुख खानको ‘पठान’ (५७ करोड भारु) भन्दा कम हो । लामो दिवाली बिदा भएकाले ‘टाइगर ३’ का लागि लाभदायक हुने अपेक्षा गरिएको छ ।

यो फिल्मले सोमबारसम्म १२० करोडभन्दा बढी कमाइ गर्ने भारतीय व्यापार विश्लेषक बताउँछन् । जसअनुसार तीन दिने कमाइ १६५ करोड भारु हाराहारीमा हुन सक्छ । सलमान र कट्रिनासहित फिल्ममा इमरान हासमीको शीर्ष भूमिका छ । यो फिल्ममा शाहरुख र ऋतिक रोशनको पनि केमियो रोल छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : २५ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट