चीनमा वैदेशिक लगानी आउने क्रम घट्दो, भित्रिनेभन्दा बाहिरिने लगानी धेरै « Khabarhub

चीनमा वैदेशिक लगानी आउने क्रम घट्दो, भित्रिनेभन्दा बाहिरिने लगानी धेरै


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा विदेशबाट भित्रिने वैदेशिक लगानीभन्दा बाहिरिने वैदेशिक लगानी धेरै भएको छ । पछिल्लो समय अमेरिकासँग सेमिकन्डक्टर प्रविधिका विषयमा तनाव बढिरहेका बेला चीनमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीभन्दा चीनबाट बाहिरिने प्रत्यक्ष वैदेशिक लगानी धेरै भएको पाइएको हो ।

निक्के एसियाले जनाएअनुसार यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनासम्मको तथ्यांकअनुसार चीनको प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक ११ अर्ब ८० करोड डलर पुगेको छ । सन् १९९८ यता चीनमा प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक भएको यो पहिलो पटक हो ।

चीनले साङ्घाईजस्ता ठूला महानगरमा लागू गरेको शून्य कोभिड नीतिका कारण सन् २०२२ को अप्रिल–जुन त्रैमासमा प्रत्यक्ष वैदेशिक लगानीमा तीव्र गिरावट देखिएको थियो । त्यसयता यसमा सुधार आउन सकेको छैन ।

यसै वर्षको सेप्टेम्बर महिनामा चीनमा जापानी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले गरेको सर्वेक्षणमा झण्डै आधा लगानीकर्ताहरुले सन् २०२३ मा आफूहरुले चीनमा लगानी गर्दै नगर्ने वा सन् २०२२ को अनुपातमा कम लगानी गर्ने जवाफ दिएका थिए ।

त्यस्तै, चीनमा अमेरिकी चेम्बर अफ कमर्सले गरेको सर्वेक्षणमा ६६ प्रतिशतले चीन र अमेरिकाबीचको सम्बन्ध खराब बन्दै अवस्थामा चीनमा व्यवसाय गर्न चुनौति थपिएको बताएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : ३८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४