पाकिस्तानबाट एकैदिन ५ हजारभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्किए | Khabarhub Khabarhub

पाकिस्तानबाट एकैदिन ५ हजारभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्किए


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– सोमबार मात्रै ५ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै ५ हजार ६ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन् ।

त्यस्तै, सोमबार ३ हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको पनि मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै सङ्माख्या इरानमा रहेको बताइएको छ ।

विगत दुई महिनामा ४ लाख भन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन् । अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँद याममा फर्किएकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ८ : ११ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने