निद्रामा बर्बराउनुको कारण के हो ?  | Khabarhub Khabarhub

निद्रामा बर्बराउनुको कारण के हो ? 


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसहरूको निन्द्रामा बोल्ने वा बर्बराउने बानी हुन्छ । निन्द्रामा बोलेका कुराहरू उनीहरूलाई नै थाहा हुँदैन ।

निन्द्रामा बरबराउने बानीलाई अङ्ग्रेजीमा ‘सोम्नीलोकी’ भनिन्छ । यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ ।

तर निन्द्रामा बरबराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको चिकित्सकहरू बताउँछन् ।

कुन जनसङ्ख्याको लगभग एक प्रतिशत वयस्कहरूमा निद्रामा बोल्ने समस्या रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

चिकित्सकका अनुसार निन्द्रामा बर्बराउनुले पर्याप्त निद्रा नपुगेको भन्ने सङ्केत दिन्छ ।

ज्वरो आएको बेला, धेरै तनावका कारण, दिनभरका थकान, रक्सी मदिराको सेवन लगायतका कारण निद्रामा मानिसहरू बरबराउने चिकित्सकहरू बताउँछन् ।

यस्तै, लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्ने व्यक्ति, कुनै ठूलो दुर्घटनामा परेका वा बलात्कारजस्ता घटनाका पीडितमा पनि यस्तो समस्या हुन सक्छ ।

यो समस्याबाट छुटकारा पाउन धेरै कुरा दिमागमा नखेलाउने, चिन्ता नलिने र कामको बोझ सहज पार्नुपर्छ । समयमा सुत्ने र उठ्ने गर्नुपर्छ ।

यस्तै, शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । रक्सी तथा लागूऔषधको प्रयोग गर्नुहुँदैन ।

लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्नुहुँदैन । चिकित्सकहरूले कहिलेकाहीँ बर्बराउनुलाई सामान्य रुपमा लिने गरेका छन् । तर, नियमित बर्बराउने, उठेर हिँड्ने तथा झस्किने समस्या भइरहेमा मनोचिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ६ : ३६ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता